प्रहरी कारबाहीः फन्दामा पर्दै अभियुक्त

बाँके प्रहरीले विभिन्न कारबाहीमा भएका उपलब्धीहरु सार्वजनिक गरेको छ । त्यसक्रममा ठुलो परिणामको लागू औषध सहित एक जना महिला पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ ।


सोमवार बिहान जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज बसपार्क सडक खण्डमा शंकास्पद रहेकी जिल्ला हुम्ला नाम्खा गा.पा.वडा नं.१ घर बताउने वर्ष ३९ कि खण्डु तामाङ लाई चेकजाँच गर्ने क्रममा लागुऔषध सहित पक्राउ गरिएको हो । प्रहरीका अनुसार, निजले लगाएको सुरुवालको दाँया तर्फको खल्तीमा सेतो प्लाष्टिक भित्र रहेको ब्राउनसुगर जस्तो देखिने धुलो तौल गर्दा ६ ग्राम, निजले भिरेको भन्टा कलरको झोला भित्र रहेको ५ वटा वट्टा भित्र रहेको लागु औषध नाईट्राजेपाम १५१५ ट्याव्लेट फेला पारी बरामद गरि आवश्यक अनुसन्धान भईरहेको छ ।


सोमवारनै बाँके प्रहरीले बैंकिङ् कसुरमुद्दाको फरार प्रतिवादी पक्राउ गरेको छ । बाँके बैजनाथ गा.पा. ३ बस्ने बर्ष ४० को बसन्त लाल थारुलाई बैंकिङ् कसुरमुद्दामा फरार अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, जिल्ला अदालत बाँकेको २०७७ फागुन ५ गतेको फैसलाले सात कैद र ४ लाख ९ हजार ७१० रुपैया जरिवाना तोकिएकोमा निज हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अदालत बुझाइएको हो ।


प्रहरीले दिएको अर्काे सूचना अनुसार, आइतवार र सोमवार अबैध भन्सार छलिको बरामद गरी भन्सार कार्यालय पठाइएको छ ।
जिल्लाका विभिन्न ठाउँबाट एक लाख ९५ हजार बराबरको अबैध सामाग्री बरामद गरि भन्सार बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया