ओम शान्तिमा सामूहिक रक्षावन्धन


हिन्दू धर्मावलम्वीहरुले महान साँस्कृतिक पर्व जनै पूर्णिमा तथा रक्षावन्धन देशभर शनिवार मनाइएको छ । कोरोना भाइरस संक्रमणको विषम परिस्थितिका कारण विगत वर्षहरुमा झैं धेरै चहलपहल नभए पनि आफ्नो धर्म, संस्कृति र परम्परालाई जोगाउनका लागि सामाजिक दूरी कायम गरी तराईमा राखी पर्व समेत मनाइएको छ ।


यसैक्रममा स्थानीय व्रह्माकुमारी इश्वरीय विश्वविद्यालय नेपालगन्ज सेवा केन्द्रमा प्रेम, स्नेह र सद्भावको पवित्र पर्व रक्षावन्धनको अवसरमा करीब ३ सय जनाले केन्द्रका ब्रह्माकुमारीहरुद्वारा जिल्लाका उच्च पदाधिकारी, विशिष्ट व्यक्तित्व, नागरिक अगुवाहरु लगायत केन्द्रका सदस्यहरुलाई राखी वन्धन गरिएको छ ।
सो अवसरमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणा, प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, जिल्ला प्रहरी प्रमुख रामकृष्ण अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, आयुर्वेद अस्पताल बाँकेका अध्यक्ष जनक राम भण्डारी, वरिष्ठ बालरोग विशेषज्ञ डा. विनोद खेतान, जनमतका सम्पादक पूर्ण लाल चुके लगायतलाई व्रह्माकुमारी इश्वरीय विश्वविद्यालय, नेपालकी उपनिर्देशक तथा क्षेत्रीय प्रमुख व्रह्माकुमारी दुर्गा र केन्द्रकी संचालिका व्रह्माकुमारी मुनाले राखी बन्धन गरिन् ।


कोभिड–१९ संक्रमणको जोखिम अझै कायम रहेकोले यसपाली आउन चाहने महानुभावहरु आउन नसकेको व्रह्माकुमारी दुर्गाको भनाइ छ । विगतको भव्यतालाई सम्झँदै व्रह्माकुमारी इश्वरीय विश्वविद्यालय, नेपालकी उपनिर्देशक तथा क्षेत्रीय प्रमुख बाल व्रम्हचारिणी राजयोगिनी दुर्गाले भनिन्– हरेक वर्ष केन्द्रमा आउने स्थानीय सरकारी तथा गैरसरकारी विशिष्ठ व्यक्तित्व, सर्वसाधारण, केन्द्रका सदस्यहरु बाहेक घर जान नपाई पर्व मनाउन बञ्चित नेपालगन्ज कारागार, प्रहरी तथा सेनाका व्यारेकहरु, सीमा पारी एसएसबी व्यारेकका लगायतका कार्यरत कर्मचारी तथा जवानहरु र मजदुरहरुलाई समेत एक हजार जनाको संख्यामा राखी बाँध्ने गरिन्थ्यो, तर गत वर्ष र यसपाली सम्भव भएन ।


यस्तै कोहलपुर आश्रममा पनि करीब २५० जनाले रक्षावन्धन गरेको जानकारी कोहलपुरका सञ्चालिका व्रह्माकुमारी इन्दिराले जानकारी दिइन् ।

प्रतिक्रिया

प्रतिक्रिया