अदालत : मेलमिलापमा पठाइएको मुद्दा अधिकांस असफल, ६८ मा ४ मात्रै सफल

अदालतले कतिपय मुद्दा मेलमिलापका लागि पठाउने गरेको छ । दीर्घकालीन रुपमा पारिवारिक तथा छिमेकीमा मनमुटाव नहोस्, सौहान्दपूर्ण रुपमा मुद्दाको टुंगो लागोस् भनेर कतिपय मुद्दा अदालतले मेलमिलापका लागि पठाउने गरेको छ । तर, त्यस्ता मुद्दाको सफलता प्रतिशत भने न्यून रहेको पाइन्छ ।

उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा आ.व. २०७७/०७८ मा मेलमिलाप हुनसक्ने २ सय ६९ मुद्दा परेका थिए । जसमध्ये ६८ वटा मेलमिलापमा पठाइएकोमा जम्मा ४ वटामा सफलता प्राप्त भएको छ । बाँकी ६० मुद्दामा मेलमिलाप हुन सकेन ।

अदालतका न्यायाधीशहरुले अदालतले गरेको प्रयास मुद्दाका पक्ष, विपक्ष बीचको हठका कारण सफल नहुने गरेको बताउँछन् । ‘मेलमिलाप भनेको दुवैले जितेको अनुभूति गर्ने अवस्था हो, तर दुवै पक्षले न्यायको अनुभूति गरी नमिलेमा त्यो सफल हुन सक्दैन’, अदालतका न्यायाधीश भन्छन्, ‘खासगरी अंश तथा जग्गा सम्बन्धी मुद्दामा त्यो समस्या बढी हुने गरेको छ ।’

प्रतिक्रिया

प्रतिक्रिया