जनताको आफ्नो अस्पताल

पूर्व मेसु, भेरी अस्पताल

भेरी अस्पतालको मेसुका जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ । यसको भविष्य राम्रो बनाउन के गर्नुपर्ला ?
भेरी अस्पताल नेपालगन्जको भविष्य उज्वल छ । विगत ३० बर्षदेखि म नेपालगन्जमैं छु । म नेपालगन्ज आउँदा अस्पतालमा खासै केही थिएन । र, क्रमिक रुपमा अहिले भेरी अस्पतालले प्रगति गर्दै गएको छ । चिकित्सकको संख्या, अस्पतालले दिने सुविधा पनि बढ्दै गयो । र, नेपालगन्ज सेरोफेरोको कुरा गर्दा स्वास्थ्य क्षेत्रमा अत्यन्तै प्रगति भएको छ । ती प्रगतिलाई भेरी अस्पताललाई कम्पेयर गरेर हेर्यो भने चाहीँ भेरी अस्पतालले त्यति प्रगति गर्न सकेन जति गर्नु पर्दथ्यो ।

भेरी अस्पताल कस्को हो भन्छु म । भेरी अस्पताल स्थापना कालमा पुरानो बिल्डिङमा शिलालेख छ एउटा । त्यो शिलालेखमा देखिन्छ, नेपालगन्जका जनताले चन्दा दिएर त्यो अस्पताल बनाएका हुन् । र, भेरी अस्पतालले चिकित्सकको सेवा गर्ने होइन, यहाँको जनताको सेवा गर्ने हो । चिकित्सक भनेको काम गर्ने कर्मचारी हो । हामी जनताका सेवक हौं । जनताले बनाएको अस्पताल, अहिले जनताले कसरी हेर्छ भन्ने हो । भेरी अस्पताल जनताले बनाएको हो भने यसको स्वामित्व जनताको हो । र, हामी सेवाकर्मीहरु हौं, हामीहरुले उनीहरुलाई सेवा पुर्याउनु पर्ने हो ।

अब यो दायित्व सरकारमाथि पनि छ, हामी काम गर्ने चिकित्सकमाथि पनि छ । अब हामीले जनतालाई फिल गराउनु पर्छ कि यो जनताको अस्पताल हो । र, जनतालाई हामी अपनत्व दिन सक्यौं भने जनताहरुबाट पनि थुप्रै लगानीकर्ता निस्कन्छन् । जनताले ठाउँ खोज्छ कहाँ लगानी गरौं । दुई पैसा पनि उसले लगानी गर्यो भने उसले अपनत्व खोज्छ । हामी काम गर्ने बेलामा हामी राम्रै त गर्छौं, भुलचुक पनि हुन्छ होला । यदी स्वामित्व कसैले लिन्छ भने तिनीहरुलाई हामीलाई कमी, कमजोरी आगाह पनि गर्न सक्दछ, यहाँ कमी कमजोरी भैरहेको छ भनेर ।

अस्पतालले जनतासँगको सम्बन्ध प्रगाढ बनाउन आवश्यक रहेको छ । हामीले मनमा के राख्नु पर्यो भने यो जनताको अस्पताल हो भनेर जानुपर्दछ । जनताले पनि महसुस गर्नुपर्यो हाम्रो अस्पताल हो भनेर । भेरी अस्पताल विकास त भैरहेको छ । जसरी भवनहरु बनिरहेको छ, नयाँ– नयाँ विधा थपिएको छ त्यसले गर्दा आउने समयमा भेरी अस्पताल निश्चय पनि मेडिकल कलेजमा रुपान्तरित हुन्छ भन्ने विश्वास लिएको छु । आउने समयमा भेरीको भविष्य उज्वल छ । तर काम गर्ने कर्मचारीमा छिटोछिटो राजनीतिक हस्तक्षेप हुनु भएन । त्यसो भयो भने काम गर्न पाउँदैन । काम गर्ने वातावरण बनाइदिनु पर्दछ । छिटोछिटो राजनीतिक हस्तक्षेपले काम गर्ने वातावरण हुँदैन ।

हाम्रो जनतासँग संवाद नै हुँदैन । जनता आउँछन् उपचार गराएर फर्किन्छन् । बर्षमा एक पटक यहाँका नागरिकसँग छलफल गरेर कमी कमजोरी औंल्याउन भन्ने, सुझाव लिने गर्नुपर्दछ । जनताले पनि अस्पताल मेरो हो भने अस्पताल प्रति विश्वास व्यक्त गर्नुपर्दछ ।

३० बर्षदेखि भेरीलाई हेर्दैछु भन्नुभयो, तपाई आफै पनि कार्यरत रहनुभयो । अस्पतालले अपेक्षित विकास नलिनुको अगाडि समस्या के हो । बीचमा धेरै समय अस्पतालले किन प्रगति गरेन ?
किनभने दीर्घकालीन सोंच भएन । हामी नजिक हेरेर हिड्यौं । दीर्घकालीन सोंच भएको भए ३० बर्ष अगाडि पपुलेसन के थियो, आज के छ, आगामी ३० बर्षमा पपुलेशन के होला रु यो सब कुरा प्रक्षेपण गरेर आफ्ना इन्फ्रास्टक्चर विकास गर्यौं भने हामी अगाडि बढ्न सक्छौं ।
दोस्रो राज्यले जे पनि विकास गर्यो अस्पतालमा त्यसमा राजनीतिक हस्तक्षेप भैदियो भने काम गर्ने मान्छेलाई गाह्रो हुन्छ । अस्पतालमा हरेक बर्ष नेतृत्व परिवर्तन हुन्छ । यसले गर्दा काम गर्ने मान्छेलाई पनि के लाग्दछ भने कतिञ्जेलका लागि छु म । सालभरीका लागि त हो, जति सकिन्छ गरौं भन्ने लाग्दछ । लामो समय नेतृत्व रहने हो भने काम गर्ने अवसर प्राप्त हुन्छ, दीर्घकालीन सोंच लिएर हिड्नु पर्दछ ।
अहिले भेरीमा ब्लक निर्माण कार्य भैरहेको छ । राम्रैं सोंच लिएर अघि बढेको देखिन्छ । डाक्टरहरु पनि स्पेशलिष्ट आइराख्नु भएको छ । भेरी अस्पताल भनेको मध्य र सुदुरपश्चिमको ठूलो सेन्टरका रुपमा विकास भैरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया