औपचरिक रुपमा नाका बन्द, जोखिमपूर्ण यात्रा कायमै

माइती नेपालले आ.व. २०७७/०७८ मा जोखिमपूर्ण यात्रा गर्ने ३ सय ९ को उद्दार गरेको छ ।

समीर अली बेहना

कोरोना संक्रमणको जोखिमका कारण औपचारिक रुपमा सीमानाका बन्द रहेपनि जोखिमपूर्ण यात्रा भैरहेको पाइन्छ । सीमामा उद्दारका लागि खटिएका विभिन्न संघ, संस्थाले औपचारिक रुपमा नाका नखुले पनि आउजाउ गर्नेको निगरानी गर्दै कतिपयको उद्दार गरेको पाइन्छ ।
औपचारिक रुपमा नाका बन्द नै रहेको अवस्थामा आ.व. २०७७/०७८ मा माइती नेपालले ३०९ जना जोखिमपूर्ण यात्रा गर्नेको उद्दार गरेर आवधिक गृहमा प्रवेश गराएको छ । लकडाउनको अवधिमा विभिन्न समस्याबाट प्रभावित भएका नेपाली नागरिकहरुलाई बाँकेको भन्सार नाकाबाट उद्दार गरिएको माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिएका छन् ।


विभिन्न लोभलालच र प्रलोभनमा परि बेचबिखनमा परेको ३ सय ५ जनालाई परिवारसंग पुर्नरमिलन गराइएको माइती नेपाल बाँकेले जनाएको छ । कोइरालाको अनुसार श्रम र यौन शोषणमा परेका ९ जनालाई लकडाउनको अवधिमा उद्दार गरिएको छ । उनले भने, ‘प्रभावित नागरिकहरु मध्ये २ सय ११ जनालाई सीमानामा परामर्श दिई घर फिर्ता समेत गराएका छौँ ।’


माइती नेपालको चालू वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार यस वर्ष माइती नेपाल बाँकेमा ३ सय ६७ वटा खोज तलासका निवेदनहरु दर्ता भएका छन् । जसमध्ये १ सय ३० जनालाई फेला पारी सम्बन्धित सबैलाई बुझाइएको छ । त्यस्तै घरेलु हिंसाका १४ वटा घटना भइ नागरिकलाई प्रभावित हुनु परेको थियो । १४ वटा घटना मध्ये ७ वटा समस्या समाधान गरिएको समेत कोइरालाले बताएका छन् ।
माइती नेपाल मार्फत चालू वर्ष २०७७/७८ मा बेचबिखनका ४ र जबर्जस्ती करणीको २ वटा मुद्दा दर्ता गरिएको थियो । जबकी वर्ष २०७६÷७७ मा जोखिमपूर्ण यात्रा गर्ने ५ सय ७७ जना र मानव बेचबिखन एवं सुरक्षित बसाइसराइ गराउन ५ सय ७६ उद्दार गरिएको थियो । गत वर्ष श्रम र यौन शोषणमा परेको २१ जनालाई माइती नेपालद्वारा उद्दार गरिएको थियो । त्यस्तै १ सय ४७ जनालाई सिमाना मै परामर्श दिई घरफिर्ता गराइएको थियो । सोही वर्ष ५ सय ८५ जनाको नाममा खोजतलासको निवेदन परेको थियो भने २ सय ८० जनालाई फेलापारी सम्बन्धितलाई बुझाइएको थियो । उक्त वर्ष १० वटा घरेलु हिंसाका घटनाहरु भएको थियो । जसमध्ये ८ वटालाई समाधान गरिएको उनको भनाइ छ । कोइरालाले आ.व. ०७६/०७७ मा २ वटा बेचबिखनको मुद्दा दर्ता भएका थिए जबकी एउटा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो ।


सीमानामा पीडितहरुलाई उद्दार गर्न निकै कठिन रहेको माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए । उनले भने, ‘प्रशासनको सहयोग बिना हामीले काम गर्नुपर्ने भएकोले धेरै समस्याहरुको सामना गर्नुपर्छ । परिस्थिति जस्तो सुकै भएपनी हामीले सिमानामा खोजतलास गरि उद्दार गर्न सकिरहेको छौँ । जबकी सिमाना पारीबाट उद्दार गर्न निकै कठिनाई भोग्नु परेको हुन्छ ।’
सीमापारीबाट उद्दार गर्दा अपेक्षित सहयोग हुँदैन । भारतबाट कसैको उद्दार गर्नुपरे सीमाना पारीकै नियम कानूनको अधीनमा रहि काम गर्नु पर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया