नेपालगन्जका तीन जना युवाको बुधबार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
कोहलपुर–१० स्थित डुडुवा खेला (बन्दा) मा पौडी खेल्ने क्रममा डुबेका उनीहरुको शव प्रहरीले निकालेको थियो ।
नेपालगन्ज–११ सदरलाइनका रासिद जसगढ, विपीचोक नजिकका अरमान जसगढ र आरिफ जसगढको मृत्यु भएको हो ।
