खेलकुद परिषद्को लुम्बिनी प्रदेश सदस्य सचिवमा ओली नियुक्त

तत्कालिन मध्यपश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लुम्बिनी प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त भएका छन् । प्रदेश सरकारको बुधबार बसेको बैठकले ओलीले सदस्य सचिव नियुक्त गरेको थियो ।


सदस्य सचिव ओली मध्यपश्चिम खेलकुद विकास समितिको अध्यक्ष हुँदा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनामा अग्रणी भूमिका निर्वाह गरेका थिए । आठौंका कारण बाँकेले आधा करोडौंका खेल पूर्वाधारहरु पाएको थियो । आठौंको आयोजनाकै लागि बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रिय स्तरको फुटबल रंगशाला, पौडी पोखरी, सुटिङ रेन्ज लगायतका खेल मैदान बनेका थिए ।
नेपालगन्जमा आयोजना हुने नेपालगन्ज म्याराथन, प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको आयोजक टोलीमा रहेर खजुरा गाँउपालिकाका स्थायी बासिन्दा ओली नेकपा एमालेका नेता समेत हुन् ।


प्रदेश खेलकूद विकास ऐन, २०७६ को दफा ३ को उपदफा ३ बमोजिम मिति २०७८०४।०१ देखि लागू हुनेगरी उनलाई प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको सदस्य सचिव पदमा नियुक्ति गरिएको हो । शिक्षा तथा सामाजिक विकास मन्त्री धर्मबहादुर लाल श्रीवास्तवले नियुक्त गरेका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया