नेपालगंजमा लक्षमणपुर बाधका कारण सृजना भएको बिपत ब्यवस्थापनमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया सप्पन्न भएको छ ।
भारतको सरावस्ती जिल्लाको ककर्धरी भन्ने ठाउमा बनेको लक्षमणपुर बाधले नेपालको बाके जिल्लाको राप्ती सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाहरुको हजारौं बिघा जमिन डुबानमा पर्ने गरेका छन् । फियानको क्षेत्रिय संयोजक सुरेस गौतमले बाकेका तिन पालिकाको दश हजार हेक्टर भन्दा बढी क्षेत्र डुवान हुनुका साथै कटान र पटान समेत भएको बताए । जस्ले गर्दा सो क्षेत्रको खेतीयोग्य जमिन सिमसार बन्दै गएकाले समस्या सम्बोधनका लागी अल्पकालिन र दिर्घकालिन योजना बनाएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
बाँच्न पाउने अधिकारको आधार, खाद्य अधिकार भन्ने मुल नाराका साथ फियान नेपालले यसतर्फ आवाज उठाईरहेको भएपनी सरकारले त्यसतर्फ चासो नदेखाएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग बाँकेका प्रमुख झंकर बहादुर रावलले दुखेसो पाखेका थिए । सर्बोच्च अदालतले समेत सो क्षेत्रमा रहेका परिवारहरुको पुनरस्थापना र ब्यवस्थापन गर्न सरकारलाई आदेस दिएपनी सो कार्य नगरेको भन्दै रावलले बर्सेनि बर्षातको समयमा डुवानले लाखौको जनधन नै सखाप हुने भएकाले सुरुवात देखि नै पुर्ब तयारीमा लाग्नु पर्नेमा जोड दिए । लक्षमणपुर बाधका कारण खेतीयोग्य जमिन डुवान हुदा आफनै बारिमा खेतिपाती गर्ने समेत समस्या भएको स्थानीय मोलैया धोबिले बताए ।
डुवान संगै कटान र पटान हुदा बस्ती नै जोखिममा पर्दै गएको बताउदै स्थानिय बाबुलाल पाण्डेले सो क्षेत्रमा रहेका ५ हजार पीडित परिवारको खाद्य र सगै आवास र रोजगारिको ब्यवस्थापन गर्नुपर्नेमा जोड दिए । यस क्षेत्रको समस्या केन्द्र प्रदेस तथा स्थानीय सरकार सबैलाई थाहा हुदा हुँदै पनि कसैले पहल नगरेको बताए ।
सो क्षेत्रका प्रदेससभा सदस्य कृष्णा के.सि. नमुनाले लक्षमणपुर बाधका कारण आफू नै समस्यामा रहेको बताउनु भयो । बिकासको पुर्वाधारबाट शुन्यको अवस्थामा रहेको सो क्षेत्रमा भर्खरै मात्र बिकासका कार्यक्रम सुरु भएको बताईन । सो विषयमा आफुले पटक पटक ससदमा आवाज उठाउदा समेत केन्द्रिय सरकारले नसुनेको भन्दै सामुहिक पहलको खाँचो रहेको बताईन । सो समस्या समाधानका लागी केन्द्रबाट नै पहल नगरी समाधान नहुने भएकाले सबै सरोकारवालाहरुलाई सो बारे आवाज उठाउन प्रदेश सांसद नमुना आग्रह गरिन । डुवान क्षेत्रमा जैबिक बारहरु लगाउनुका साथै बर्सेनि बाढिबाट हुने क्षतिन्युनिकरण गर्न पुर्ब तयारिका साथ काम गर्दै आएको जानकारी गराईन ।
कार्यक्रममा नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिल कुमार श्रेष्ठ र उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले लक्षमणपुर बाधका कारण सृजना भएको बिपतको उचित ब्यवस्थापन हुनु पर्नेमा जोड दिए । बिपतबाट पीडित भएकाहरुको खाद्य, आवास लगायतका आधारभुत मानव अधिकारको संरक्षण हुनु पर्ने भन्दै उनीहरुले समस्याको दिगो सम्बाधनका लागी सामुहिक रुपमा ठोस पहल गर्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा तीनवटै पालिकाहरुको स्थानीय, फियानका प्रतिनिधि, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि, खाद्य अधिकार संजाल उपोभोक्ता हित सरक्षण मंचका प्रतिनिधि, उच्च अदालत बार नेपालगन्जका प्रतिनिधि, नेपाल बार एसोसिएसनका प्रतिनिधि लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । फियान नेपालको आयोजना र रास्ट्रिय मानव अधिकार आयोग बाँकेको सहकार्यमा भएको हो ।