जिल्ला प्रहरी कार्यालय बाँकेमा क्षमता भन्दा बढी थुनुवाहरु रहेको पाईएको छ । ३५ जनाको क्षमता भएको जिल्ला प्रहरी कार्यालयमा हाल ३९ छन् । प्रहरी मात्रै होइन कारागार र बालसुधार गृहमा पनि क्षमताको झण्डै दोब्बर बढी छन् । कोरोना कहरका बिचमा हिरासतमा रहेका थुनुवाको अवस्था बुझ्न अधिकारकर्मीको टोली प्रहरी कार्यालय पुगेको थियो । अनुगमन टोलीमा एडभोकेसी फोरमका अधिवक्ता बसन्त गौतम र नेपालगंज उच्च बारमा पुर्व अध्यक्ष बल बहादुर चन्द संलग्न थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेमा हाल ३९ थुनुवाहरु रहेका छन् । साघुरा ५ कोठामा थुनुवाहरु कोचाकोच गरि बस्नु परेको छ । क्षमता भन्दा बढी थनुवाहरुले प्रयोग गर्ने शौचालय पनि दुईटा मात्रै रहेका छन् । जसमा कारण थुनुवाहरु शौच गर्न पालो पर्खेर जानु पर्ने हुन्छ । पुरुषतर्फ ३ हिरासत कक्षमा रहेका थुनुवाहरुका लागी १ शौचालय रहेको छ । बाहिरी महिला थुनुवा तर्फ एक शौचालय रहेको छ । हिरासतमा थुनुवाहरु धेरै हुदा बस्न र शौच गर्न समस्या परेको थुनुवाहरुले अधिकारकर्मी समक्ष गुनासो गरेका थिए । धेरैले एउटै शौचालय प्रयोग गर्दा पालो पर्खनु पर्ने र शौचालय पनि फोहर हुने गरेको भनी थुनुवाले गुनासो गरेको अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।
बाँकेमा कोरोना संक्रमण तिब्र रुपमा बढेको समय केही कमी आएको भए पनि संक्रमण घटेसंगै पक्राउ पर्ने थुनुवाको सख्यामा उल्लेख्य बृद्धि हुदै गएको छ । सबै भन्दा बढी थुनुवा लागु औषधका थुनामा रहेका ३९ मध्ये जिल्ला प्रहरी कार्यालय बाँकेमा हाल सबै भन्दा बढी लागु औषध मुद्धाका मात्रै २४ जना थुनुवा रहेका छन् । १४ लागु औषका मुद्धामा १९ पुरुष र ५ महिला रहेका छन् । यसै जिल्ला प्रहरी कार्यालयमा चोरी मुद्धामा १, चौपाया चोरीमा १, ज्यान मार्ने उद्योगमा ३, सवारी ज्यानमा ३, बालयौन दुरुपयोग १, अपहरण गरि जजक १, अपराधिक उपद्रव, बैवाहिक करणी १, अभद्र ब्यवहारमा ३, चोरी उद्योग मुद्धाको अभियोगमा १ थुनामा रहेको मुद्धा फाटका प्रहरी निरिक्षक खिम बहादुर घर्ति मगरले जानकारी दिनु भयो । लागु औषध मुद्धामा पक्राउ परेकाहरु अधिकांश ४० बर्ष मुनीका छन् । पछिल्लो समय लागु औषध बिकराल समस्या पर्दै गएको छ । यसमा युवाहरु मात्रै नभई युवतीहरु प्नि संलग्न भएको तथ्यले स्थिति बिकराल देखिन्छ । जिल्ला प्रहरी कार्यालयमा लाु औषधमा ५ युवती अपराध अनुसन्धानको क्रममा रहेका छन् ।
