कोरोना संक्रमण ओरालोतर्फ, उकालो लाग्दै लापरबाही

मुलुकभर पछिल्लो २४ घण्टामा शनिवार २ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसले संक्रमणदर घटेपनि रोकिएको छैन भन्ने प्रष्ट देखिन्छ । त्यसक्रममा बाँकेमा शनिवार ६१ जनाको पीसीआर चेकजाँच गर्दा ७ जनामा संक्रमण पुष्टि भएको छ, तीमध्ये एक जना बाँके जिल्लाका बासिन्दा हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७०४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १७४ र ४ हजार ८०६ जनामा गरेको एन्टिजेन परीक्षणमा ८४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको छ शनिबार देशभर ३० जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ । बाँकेमा पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । दुबैजना उपचारका लागि बाहिर जिल्लाबाट आउने बिरामी हुन् ।
यस्तै गत चौबीस घन्टामा ४ हजार ९ सय १४ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। देशभर हालसम्म ४२ हजार २४ सक्रिय संक्रमित रहेका छन् । बाँकेमा ६ महिलासहित ८ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । कोरोना संक्रमणका कारण ८ हजार ९७५ जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमितको संख्या ४२ हजार २४ रहेको छ । तीमध्ये ३९ हजार १९९ जना होम आइसोलेसनमा र २ हजार ८२५ जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ७३४ जना आईसीयूमा र २२२ जना भेन्टिलेटरमा छन् ।
संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआइसकेपनि नेपालगन्जमा सावधानी हट्दै जान लागेको देखिन्छ । खासगरि बजार व्यवसाय सञ्चालन गर्नेहरुमा सावधानी अभाव देखिएको हो । उनीहरुलाई नियमन तथा निगरानी आवश्यक देखिएपनि पहलको प्रभावकारी कदम चालिएको छैन । स्थानीय प्रशासनले भने कानुनी रुपमा निषेधाज्ञा भनिरहेको छ ।

बाँके : असार १४ सम्म लम्बियो निषेधाज्ञा, थप खुकुलो बनाइयो

प्रतिक्रिया

प्रतिक्रिया