जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा शुक्रवार राप्ती नदिमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसको सहभागितामा बाढीमा खोज तथा उद्दार तथा प्राथमिक उपचार केन्द्रित कृत्रिम अभ्यास गरिएको होे ।

बाढीका बेला खोज तथा उद्दार कसरी गर्ने भन्ने पूर्वाभ्यासका लागि गरिएको कार्यक्रममा प्राथमिक उपचारका बारेमा पनि कृत्रिम अभ्यास गरिएको जिल्ला विपद व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।

कार्यक्रममा जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक रथि हरेन्द्र पाठक, प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरी उपरिक्षक अशोक बम, उप अनुसन्धान निर्देशक नरेन्द्र गिरी, रेडक्रस बाँकेका सभापति गोवर्धन सिह सम्झना, जल तथा मौसम विभाग कोहलपुरका प्रमुख विनोद पराजुली लगायतको सहभागिता रहेको थियो। (सबै तस्वीरः रुपन ज्ञवाली)

