मनाइयो ओलम्पिक डे

जुडो सम्बद्धले नेपालगन्जमा दुई दिने ओलम्पिक डे मनाएका छन् । मंगोलियन जुडो डोजोले शनिबार खजुरा तथा नेपालगन्ज जुडो डोजोले नेपालगन्ज स्थित जुडो हलमा केक काटेर ओलम्पिक डे मनाएका हुन् ।

प्रदेश खेलकुद परिषद कार्यालय प्रमुख महेश चन्दले केक काटेका थिए । कार्यक्रममा जुडोका साग कास्यपदक धारी एवं पुर्व मुख्य प्रशिक्षक दलबहादुर गुरुङ लगायतको उपस्थिति थियोे । नेपालगन्ज र खजुरामा जुडोका खेलाडीहरूले काता डेमोन्स्ट्रेसन समेत गरेको मंगोलियन जुडो क्लब खजुराका प्रमुख बिजय गुरुङले बताए ।

खजुराबाट सोनिया भट्ट र दीपा गुरुङले दक्षिण एशियाली पदक जितिसकेका छन् । दीपा टोकियो ओलम्पिकको बन्द प्रशिक्षणमा छिन् । जुडोले हरेक बर्ष ओलम्पिक डे मनाउँदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया