रहेनन् पूर्वसांसद कृष्णसिंह परियार

नेपाली काँग्रेस नेता, पूर्वसांसद कृष्णसिंह परियारको निधन भएको छ । मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित परियारको ७५ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको नेपाली काँग्रेस बाँकेले पुष्टि गरेको छ ।

काँग्रेस नेता सुशील कोइरालाका निकटस्थ पूर्वसांसद कृष्णसिंह परियार सादगीपूर्ण जीवनयापन गर्दथे ।

उनको बाँकेको नेपालगञ्जस्थित निवासमै निधन भएको बताइएको छ। २०४८ सालमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित पूर्व सांसद परियार जन आन्दोलन पछिको पहिलो संसदीय निर्वाचनमा निर्वाचित भएपछि तत्कालिन राज्य ब्यवस्था समितिका सभापति समेत भएका थिए ।

परियारका २ श्रीमती, ३ छोरी र ४ छोरा मध्य जेठी श्रीमतीको २ महिना पहिले कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनी कान्छी श्रीमतीसँग नेपालगन्ज १२ कोरियनपुरमा बस्दै आएका थिए । काँग्रेस नेता सुशील कोइरालाका निकटस्थ उनी सादगीपूर्ण जीवनयापन गर्दथे ।

प्रतिक्रिया

प्रतिक्रिया