एक खर्ब निर्यात

मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणमा कुल वस्तु निर्यात रु एक खर्ब आठ अर्ब ४८ करोड बराबर पुगेको उल्लेख छ । यसले क्रमशः नेपालको वस्तु निर्यात बढ्दै गएको देखिएको छ । यो गत आवको सोही अवधिको तुलनामा ३२.२ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.५ प्रतिशतले मात्रै वृद्धि भएको थियो । बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशतले र अन्य मुलुकतर्पm २५.३ प्रतिशतले निर्यात वृद्धि भएको छ । यस्तै, चीनतर्पmको निर्यातमा भने १८.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको बैंकको विवरणमा उल्लेख छ ।

आर्थिक वर्ष २०७७/७८ को दश महिनामा कुल वस्तु आयात २२.३ प्रतिशतले वृद्धि भएको छ । बैंकका अनुसार रु १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.० प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट २९.८ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ६.२ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपूजा, चाँदी लगायतका वस्तुको आयात घटेको छ निर्याततर्पm तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm तातोपानी र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा वृद्धि भएको छ । चालु आवको दश महिनामा कुल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो ।—

प्रतिक्रिया

प्रतिक्रिया