पृष्ठभूमि

बुर्काभित्र/ बुर्काबाहिर स्तम्भमा आज महिलासंग जोडिएको तर फरक मुद्दा बारे चर्चा गर्नेछौं । हुन त आजभोलि कसैको लागि यो कुनै नौलो विषय वस्तु होईन् । तथापि यस बारे चर्चा गर्नु आवश्यक ठानेर यसको बारेमा थोरै प्रकाश पार्ने चेष्टा गरिएको छ । हुन सक्छ आजको यस विषयलाई लिएर धेरैले नाकमुख खुम्चियाउनेछन् होला कतिको त मुख नै रिसले रातो हुने होला किनभने उनीहरुको घरको दाल रोटी यिनकै नाममा चलिरहेको हुन्छ । आज जुन हिसाबले समलैंगिकता ( पुरुष समलिंगी र महिला समलिंगी ) लाई समाजले बढावा दिदैंछ त्यसलाई मध्येनजर गर्ने हो भने त्यसको बरखिलाफ तर सत्य कुरा गर्नेहरुको विरोध अवश्य नै हुन्छ । यसकारण यसको विरोध पनि निसन्देह नै हुने होला । हरेक सही कुरामा समर्थन नै होस् भन्ने जरुरी नि छैन् । विरोध गर्नेले विरोध गर्लान् भन्ने थाहा हुदांहुदैं सत्य कुरा समाज सामु साझा गरी यसले सृजना गर्न सक्ने समस्याहरु समाधानका लागि ध्यान पुर्याइ आवश्यक पहल गरियोस् भन्ने आशयले यो लेख लेखिएको हो । समलिंगीहरु पनि मानव हुन् उनीहरुलाई पनि स सम्मान बांच्न पाउने अधिकार छ । हामीले उनीहरुलाई सम्मान पुर्वक बांच्ने वातावरण दिनुपर्छ । तथापि समलिंगीका पक्षमा वकालत गर्नेहरुको कुरा गर्ने हो भने न त उनीहरु आफु समलिंगीका सन्तान हुन् न आफुले समलिगीसंग विवाह गरेका हुन्छन् । यहां सम्मकि आफ्नो सन्तान समलिंगी बनोस् वा समलिंगीसंग विवाह गरोस् भन्ने पनि चाहदैंन्न् । किनभने उनीहरुलाई थाहा छ यो प्रकृतिको विधिविधान विरुद्ध उपज भएको विकृति मात्र हो । उनलाई थाहा छ कि यसबाट न व्यक्ति न परिवार न समाज कसैलाई कुनै लाभ हुनेवाला छैन् उल्टो समलिंगीको शरीर परिवार बीचको नाता र समाजमा नकारात्मक असर मात्र पर्ने हो ।सृष्टिकर्ताले मानव समाजलाई बांच्न सजिलो होस् भनी फरक फरक गोत्रमा छुट्टाछुट्टै जन्मायो ताकि सबैले आ आफ्नो गोत्र र वंशको पहिचान सहित जीवनयापन गरुन् । त्यो गोत्रिय र वंशीय पहिचान लोप भएर जानेछ ।

समलिंगी महिला मात्र नभइ पुरुष पनि पनि हुन्छन् तर यो स्तम्भ महिला विशेष भएकोले महिला समलिंगी र स्तम्भको नामै बुर्काभित्र / बुर्काबाहिर रहेकोले इस्लाममा बुर्का अर्थात पर्दाको आदेश यसले पार्ने प्रभाव र समलैंगिकतालाई बढावा दिने कारकत्व साथै यसले पार्ने असर आदि बारे पनि परिचर्चा गर्नेछौं । हुन त इस्लामिक कानून र शरीयतका (महिल र पुरुष दुबैका लागि पर्दाको )आदेशका कारण मुस्लिम समुदायमाथि यसको प्रभाव खासै परेको छैन् । तथापि आधुनिकताका नाममा गरिने छाडापनले केही धनीमानी मुस्लिमहरुलाई पनि प्रभावित गरेकैछ । यस्ता विकृतिले जन्म लिने भनेको नै अधिकार र स्वतंत्रताका नाममा नग्नता र असभ्यता बीचमा हो । यदि विश्वको रिकार्ड हेर्ने हो भने समलिंगीहरुको संख्या त्यही देशहरुमा बढी छ जहां स्वतंत्रताको नाममा नग्नता र असभ्यता बढी छ ।
हाल सम्म विश्वका यी २९ देशहरुमा समलैंगिक विवाहलाई मन्जूरी प्राप्त भइसकेको छ

नीदरलैंडमा वर्ष २०००, बेल्जियममा वर्ष २००३, कनाडामा वर्ष २००५, स्पेनमा वर्ष २००५, साउथ अफ्रीकामा वर्ष २००६, नार्वेमा वर्ष २००८, स्वीडनमा वर्ष २००९, अर्जेंटीनामा वर्ष २०१०, पुर्तगालमा वर्ष २०१०,आइसलैंडमा वर्ष २०१०, डेनमार्कमा वर्ष २०१२, उरुग्वेमा वर्ष २०१३, ब्राजीलमा वर्ष २०१२, न्यूजीलैंडमा वर्ष २०१३,  इंग्लैंड और वेल्समा वर्ष २०१३, फ्रांसमा वर्ष २०१३,  लक्जमबर्गमा वर्ष २०१४, स्कॉटलैंडमा वर्ष २०१४, अमेरिकामा वर्ष २०१५, आयरलैंडमा २०१५, फिनलैंडमा वर्ष २०१५, ग्रीनलैंडमा वर्ष२०१५, कोलंबियामा वर्ष २०१६, माल्टामा वर्ष२०१७, ऑस्ट्रेलियामा वर्ष २०१७, जर्मनीमा वर्ष २०१७, ऑस्ट्रियामा वर्ष २०१९, ताइवानमा वर्ष २०१९ , इक्वाडोरमा वर्ष २०१९, नार्दन आयरलैंडमा वर्ष २०१९, कोस्टारिकाले वर्ष २०२० मा मन्जूरी दियो ।

सामाजिक परिवेश

समाजमा आज आधुनिकता, प्राविधिक विकास र स्वतंत्रताको अधिकारका नाममा छाडापन बढ्दो क्रममा छ । पश्चिमी सभ्यता पुर्ण रुपले हाबी भइसकेकोछ । जसको परिणाम स्वरूप समाजको सोच,ईच्छा, कार्यशैली र रुप नै परिवर्तन भइसकेछ । धेरै जसो यस्ता देशहरु छन् जहां व्यक्तिगत स्वतंत्रताका नाममा महिला र पुरुषहरु छाडा भइ नग्नता तर्फ समाजलाई लग्दैछन् । हुन त पुरुषहरु पनि नग्नता र छाडापनका तरफदार छन् तर महिलाका हकमा । तपाईले पुरुष भन्दा महिलालाई बढी देख्न सक्नु हुन्छ अर्धनग्न कपडा लगाएर आफ्नो शरीरको नुमाइश गरेको । मानिसको बानी हुन्छ जुन कुरा उसलाई सहजै प्राप्त भइहाल्छ त्यस प्रति उसको चाहना र आकर्षण कम भइहाल्छ । महिलाका शरीरमा शरीयते इस्लामले भने अनुसार ढाक्नु पर्ने अंग पनि खुल्ला हेर्दा हेर्दा बानी परिसक्छ । तब पुरुषहरु महिलामा कुनै चासों नै रहदैंन् तर महिलाहरुमा महिला प्रति आकर्षण र चाहना बढ्छ र यसले गर्दा नै समलिंगता बढ्छ ।

इस्लाममा पर्दाको आशय यो पनि हो जसले गर्दा त्यसलाई पाउने र हेर्ने इच्छा जागोस् । यही चाहनाले महिला र पुरुषलाई नजिक ल्याउन मद्दत गर्छ । जसका लागि उनीहरु एक आपसमा विवाह गरी आफ्नो गोत्र र वंशलाई प्रकृतिको नियम अनुसार अगाडि बढाउंछन् । यसरी नै यो संसार आफ्नो गति साथ सदियौं देखि चलिरहेछ ।

इस्लाममा पर्दाको आदेश र समलैंगिकता

इस्लाममा पर्दाको आदेश

बुर्का र पर्दा दुबै फरक हुन् किनभने बुर्का शरीर ढाक्ने वस्तु हो र पर्दा शरीर ढाक्न शरीयते इस्लामको आदेश हो । बुर्का एक किसिमको पहिरन वा लुगा हो । पर्दा भनेको आफ्नो शरीरलाई परपुरुषको दृष्टि वा नजरबाट बचाउन गरिने कार्य एंव जतन हो । एक शब्दमा भन्दा परपुरुष आफुतिर आकर्षित हुन नहुने गरी शरीरलाई छोप्नु नै पर्दा गर्नु हो । अब रह्यो कुरा कि यो किन लगाईन्छ र फरमानेइलाही के छ यस बारे कुरानपाकको आयात हेर्नुपर्छ । जसमा पर्दाको आदेश छ ।

अलकुरानः
सुरह नूर आयात ३०:३१
“३०: मुसलमान पुरुषहरुलाई आदेश देऊ आफ्नो आंखा(नजर) केही झुकाएर राखून् रआफ्नो गोप्यांगहरुको हिफजत गरुन् यो उनीहरुका लागि नै राम्रो हो निःसंदेह अल्लाहलाई उनीहरुको सबै कार्य बारे जानकारी छ ।
३१: र मुसलमान महिलाहरुलाई आदेश देऊ आफ्ना आंखा(नजर) केही झुकाएर राखून् र आफ्नो अस्मिताको रक्षा गरुन् र आफ्ना श्रंगार नदेखाऊन् तर जति आफै जाहेर छ र उनी आफ्ना छातीमाथि दोपट्टा हालून् र आफ्ना श्रंगार जाहेर नगरुन् ।”

“हो इस्लाम धर्मले महिलाहरुलाई पर्दा गर्न आदेश दिएको छ जुनकि महिला र पुरुष दुबैलाई छ । पहिला पुरुषको कुरा गर्ने हो भने पुरुषहरुको लागि शरीयते इस्लामले नाभीदेखि तलको अंग कसैलाई न देखाउन र महिलालाई टाउको देखि पैताला सम्म नदेखाउन भनी आदेश दिएछ । यसै गरी महिलाको हक केही फरक अवस्थामा फरक तरिकाले शरीर ढाक्न भनी आदेश छ जस्तैः महिलालाई कपाल देखि खुट्टाका नंङ सम्म त्यो व्यक्तिलाई नदेखाउन वाजिब (देखाउन मनाही  ) छ जोसंग निकाह हुन् सक्छ । जोसंग निकाह हराम छ तिनीहरु सामु घाटीदेखि तल सम्मको अंग  नदेखाउन भनिएछ । तर महरमहरु सामु हातको नाडी र टाउको खुल्ला भए फरक पर्दैन् तर अदब यही छ कि टाउको ढाकेरै राखून् । यसो सभ्यताको ख्याल गर्ने हुदां समाजमा नग्नता असभ्यताले स्थान पाउदैन् र जब स्थान पाउदैन् भने यी विकृतिहरु जन्मिन सक्दैन् । जन्मिहाले पनि कसैले बढावा दिदैंन् ।

इस्लाममा समलैंगिकता

इस्लाममा समलिंगतालाई हराम भनिएको छ र यदि कसैले यस्तो अपराध गरे उसलाई सजाय दिने आदेश दिइएको छ । इस्लाममा यसका विरुद्ध कडा हुनुको मुख्य कारण यो छ कि संसारमा मनुष्यलाई वैधानिक नाताका साथ प्रकृतिको नियम अनुसार गोत्र सहित वंश अगाडि बढाउने । अल्लाहको आदेश र बनाएका कानून माथि शंका गर्नु मुस्लिमहरुका लागि उचित होईन् त्यो सीधा बाटो र एक मात्र तरीका छ कि एक मानिस सुरक्षा र सन्तुष्टिसंग बाँच्न सक्छ अल्लाहको आदेश मान्नुमा सम्मान, बुद्धिमत्ता र स्वास्थ्य सुरक्षित छ । तर आधुनिकताका नाममा प्रकृति अनुसार सृष्टि गरिएको प्रावधान र नियमहरूमा तोड्ने प्रयास गरेका छन् । जब देखि समाजमा उनीहरुले सम्बन्ध विच्छेद, बहुविवाह र मदिरालाई अनुमति दिए जसले गर्दा दयनीय अवस्था र दुर्दशा हुन पुग्यो । अर्थात जब देखि उनीहरूले सम्बन्ध विच्छेदलाई अस्वीकार गरे तब देखि यो हत्याद्वारा प्रतिस्थापित भयो । किनभने आफुलाई मन नपर्ने व्यक्तिसंग बस्न नसक्दा उसलाई बाटोबाट हटाउन पत्नी वा पतिको हत्या र हिंसालाई नै सहज ठाने । जब देखि उनीहरूले बहुविवाहलाई अस्वीकार गरे तब देखि समाजमा अनैतिक सम्बन्ध र नातालाई बढावा मिल्यो । अनि जब देखि उनीहरूले मदिरालाई वैधानिक बनाए तब देखि चोरी, डकैती, अपहरण जस्ता सबै प्रकारका अपराध, खराबी र अनैतिक गतिविधिहरू फैलिदैं गए । यसरी नै समलिंगतालाई पनि बढावा दिए । ती दुबै पुरुषको समलैंगिकता र महिला समलिंगी अल्लाह ताआलाको प्राकृतिक प्रकृति बिरूद्ध छन् अल्लाहले मानिसहरुलाई बनाएको छ ताकि उनीहरु मिलेर वंशलाई अगाडि बढाऊन् एक अर्कालाई सन्तुष्टि साथ र सहयोग गरुन् । तर महिला पुरुष मान्छेको चाहना हो यसको विरोध गरी पुरुष र महिलाको बीच समलैंगिकताको प्रचार प्रसार गरे । जसले धेरै रोगहरू निम्त्याएको छ जसको पूर्वी र पश्चिममा अस्तित्वलाई अस्वीकार गर्न सकिदैन् “एड्स” जस्तो घातक रोग पनि यही असमानताको नतिजाको जसले प्रकृतिको प्रणालीलाई नष्ट गर्‍यो । यसले परिवारको बिखण्डन गर्दछ युवाहरु काम र शिक्षा त्यागेर यस्ता अप्राकृतिक कार्यहरूमा संलग्न हुन्छन् । समलैंगिकता यस्तो दोष र दुष्टता हो जुनकि सृष्टि र आदेशमा अल्लाहको आदेश विपरित हो । सक्रिय (समलिंगी) का वीर्यले उसको हृदय र आत्मामा उही काम गर्दछ जसरी विषले शरीर भित्र गर्दछ । समलिंगीकरणको अर्थ यो हो कि कुनै महिलाले अर्को स्त्रीसँग (सम्बन्ध) एकै तरीकाले गर्नुपर्दछ जुन एक पुरुषले एक महिलासँग गरेको छ (सम्बन्ध)। समलैंगिकता सम्बधमा शरीयते इस्लाममा कुरानमजीदमा अल्लाहको फरमान तल हेर्नुहोस् ।

अलकुरानः
सूरह आराफः आयात : ८०, ८१
र (हामीले) लूतलाई पठाउँदा जब उनले आफ्ना मानिसहरूलाई भने, ‘के तपाईंले यस्तो नराम्रो काम गर्नुहुन्छ जुन तपाईंले अघि संसारमा पहिले कहिल्यै गर्नुभएको थिएन? तपाईं महिलाहरूलाई छोड्नुहुन्छ र पुरुषहरूसँग यौन सम्बन्ध राख्नुहुन्छ, बरु तपाईं सीमा भन्दा टाढा जानुभयो। “

सुरह कमर: आयातः ३४
“निसन्देह हामीले उनीहरूमाथि ढुंगाको वर्षा हावा पठाए लूतको परिवारजन बाहेक । हामीले बिहान तिनीहरूलाई हामीले मुक्ति प्रदान गरिदियौं ।”

सूरह अनकबूतः आयात : २८
“र लूत अलैहिसलामको पनि चर्चा गर जबकि उनले आफ्नो कौमका मानिसहरूलाई भने कि तपाई बेहयाई तर्फ लाग्नुभएको छ  जुन तपाई भन्दा अघि सारा संसारमा कसैले पनि गरेको थिएन”।

सूरह अम्बिया : आयातः ७४
“अनि हामीले लूतलाई बुद्धि र ज्ञान पनि दियौं, र उसलाई शहरबाट बचायो जहाँ मानिसहरू गलत कामहरु गरिरहेका थिए र वास्तवमा तिनीहरु खराब पापीहरू थिए।”

सूरह निसा: आयातः १६
र तपाई मध्ये जुन दुई व्यक्तिले यस्तो काम गर्छन् तिनीहरूलाई समस्या गर्नुहोस्, यदि उनीहरूले माफी मागे र सुधार गरे, तब तिनीहरूबाट टाढा जानुहोस्। निसन्देह अल्लाह पश्चाताप स्वीकार गर्नेवाला र  दयालु हो । “

सूरह नम्लः आयात : ५४,५८
” र लूतको (चर्चा गर) जबकि उनले आफ्नो क़ौमलाई भने कि देख्नको बावजूद पनि तिमी कुकर्म गरी रहेकाछौ ? यो कुन कुरा हो कि तिमी महिलाहरुलाई छाडेर पुरुष समक्ष वासनाका लागि आउछौं? सत्य यो हो कि तिमी ठुलो अज्ञानता गरिरहेछौ । यसमा उनको क़ौमको जवाब यो भन्नु बाहेक अर्को केही थिएन् कि लूतका परिवारजनलाई आफ्नो नगर बाट निस्कासित गरिदेऊ यिनीहरु त धेरै परित्रता देखाईरहेछन् । र हामीले उसलाई र उसको परिवारलाई उसको  पत्नी बाहेक सबैलाई बचाईहाले । यसको अनुमान त हामी बाक़ी रहनेहरुमा लगाइसकेकाथियौं । र उनीमाथि एक (खास र फरक) वर्षा भयो । यस कारण उनी डराएकाहरुमाथि अधिक वर्षा भयो । “

चुनौती

यसरी नै समलैंगिता बढ्दै जाने हो भने संसारमा LGBT समलिगींहरुको समुह मात्र बाकी रहनेछ  । अवस्था यस्तो सृजना भ इसकेछ कि कतिपय ठांउ र देशमा महिलाहरुसंग विवाह गर्न वर भेटिरहेको छैन्न् किनकि महिलाहरु प्रति पुरुषहरुमा कुनै आकर्षण र चाहना नै छैन् । जब अधिकांश समलिंगीहरु नै रहने छन् भने सन्तान उत्पादन कार्य अगाडि बढ्दैन् । जसले गर्दा भविष्यमा मानव जातीको संख्या घट्दै जाने छ । यो मानव समाजको लागि ठुलो चुनौतीको रुपमा विकराल रुप लिदैंछ । आज संसारका दश प्रमुख समलैंगिकता भएका देशहरुको सुची हेर्नुस् तपाईले आफै अनुमान गर्न सक्नु हुनेछ कि केही समयमै स्थिति कति भयानक हुनेछ । यदि हालको औसत हेर्ने हो भने अमेरिकामा  १२ जना मध्ये १ जना समलिंगी, फ्रांसमा १० जनामध्ये १ जना समलिंगी, क्यानडामा ९जना मध्ये १ जना , नेदरलैण्डमा ७ जना मध्ये १ जना र चीनमा ६ जना मध्ये १ जना समलिंगी भेटिन्छ । यदि यसको विषयमा गम्भीर भइएन् भने यो औसत अझ् बढ्दै जाने छ । समलिंगता जस्तो प्रकृतिको विधि विधान विपरित गरिने कार्य यथावत रहने हो भने एक समय यस्तो आउने छ होला जब संसारबाट मानव जाती लुप्त भएर जानेछन् ।

सिकाई

यो प्राकृतिक कानूनको उल्लंघन हो प्रकृतिले संसार चलाउन सबै जीवहरुमा भाले पोथी (नर मादा) भनी छुट्टाछुट्टै राख्यो तिनलाई फरक कार्यको जिम्मा दियो । जसमा मानव समाजमा प्रकृया अगाडि बढाउने पुरुष र नारीलाई जिम्मा दियो । पुरुष र नारी विवाह प्राकृतिक नितिले यस श्रखंलालाई अगाडि बढाउदैं जाने छन् यही प्रकृतिको नियम हो । प्रकृतिको नियम तोडेर मनपरी गर्नेहरुलाई रोक्नुपर्छ नत्र यसले मानव समाज र सभ्यताको अस्तित्वलाई  विनाश र अन्त्य तिर लग्ने छ ।

गर्नु पर्ने पहल

समलैंगिकतालाई बढावा दिन सामाजिक संजाल , यूट्यूब आदि बढी प्रभावित गर्ने गर्छन् । त्यसकारण यसलाई रोकथाम गर्नका लागि समलैंगिकतालाई बढावा दिने खालका गतिविधिहरुलाई रोक्न आवश्यक छ । साथै मनुष्य को जीवन चलाउन वंश अघि बढाउन प्रकृतिले बनाएको नियमलाई नै सर्वपरी राख्नुपर्छ ।

परिकल्पना

यदि शरीयते इस्लामले भने अनुसार पर्दाको ख्याल गरियो भने सभ्य समाजको निर्माण हुनेछ । मानिसहरु एक अर्काको आदर सम्मान गर्नेछन् । यो संसार सृष्टिकर्ताको विधि विधान अनुसार नै चल्ने छ । समाजमा विकृति फैलिनबाट रोकिनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया