एक स्वस्थ व्यक्तिले आफ्नो रगत अन्य व्यक्ति जो रगतको कमीले बिरामी हुन्छन् या विभिन्न दुर्घटना, घटनाका कारण रगत कम हुन्छ उनीहरूलाई दिनु नै रगत दान अर्थात् रक्तदान हो । हामीले दिएको रगत आवश्यक प्रक्रिया पछि ३५ दिनसम्म अन्य व्यक्तिको शरीरमा चढाउन मिल्छ । खासगरी रगत दिने कयौं व्यक्तिलाई आफ्नो शरीरमा भएका विभिन्न रोगहरूबारे थाहा नै हुँदैन । त्यसैले हामीले रगत दिएपछि त्यसमा विभिन्न रोग जस्तो यौनरोग, हेपाटाइटिस बि, सि, इ छ, छैन भनि हेर्ने गरिन्छ । साथै गु्रप कुन हो भनेर हेर्ने गरिन्छ । यदी रगतमा कुनै किसिमको माथि उल्लेखित रोगहरू भएमा अन्य व्यक्तिलाई दिने गरिंदैन । रक्तदान जीवनदान भन्ने पंक्ति सबैले सुनेको छौं । तर, यो रक्तदान गर्दा ध्यान दिनु पर्ने विभिन्न आवश्यक विषयमा धेरैलाई जानकारी नहुन सक्छ । त्यसबारे कोही जानकारी यसरी दिन सकिन्छ ।
१. रक्तदान एकपटक गरेपछि तीन महिनापछि मात्र गर्नुपर्दछ ।
२. रक्तदान गर्नका लागि आवश्यक उमेर १८ बर्षदेखि ६५ बर्षभिको हुनु पर्दछ । यसभन्दा अगाडि, पछाडि नदिनु राम्रो हुन्छ ।
३. रक्तदान गर्ने व्यक्तिको तौल ४५ केजी भन्दा माथि कम्तिमा १२ हेमोग्लोबिन र उच्च रक्तचाप माथिको १ सय ५० भन्दा तल र तलको ७० सम्म भए दिनु राम्रो हुन्छ ।
४. विभिन्न रगतको माध्यमबाट सबै यौन रोग, हेपाटाइटिस, त्यस्तै फोक्सो सम्बन्धी रोग पुरानो घाउ खटिरा, चर्म रोग भएको व्यक्तिले रक्तदान नगर्नु राम्रो हुन्छ ।
५. त्यस्तै सुत्केरी वा गर्भवति भएका महिलाले ६ महिनापछि रक्तदान गर्नु राम्रो हुन्छ भने नियमित दुध खुवाउने आमाहरूले १ बर्ष मात्र रक्तदान गर्नु राम्रो हुन्छ ।
६. विभिन्न अप्रेशन गरेको कुनै व्यक्तिले पूर्ण रूपमा स्वस्थता महसुस गरेको तथा ६ महिना पूरा भएको अवस्थामा रक्तदान गर्नुपर्दछ ।
७. विभिन्न रुघाखोकी, निमोनिया, झाडापखाला जस्ता केही समयका रोग निको भएको २ हप्तापछि आवश्यक सल्लाह पछि रक्तदान गर्नु राम्रो हुन्छ ।
८. टाइफाइड, मलेरिया, क्षयरोगको उपचार भई निको भएको १ बर्ष पछि आवश्यक सल्लाह लिएर मात्र रक्तदान गर्नुपर्दछ ।
९. रेविज रोग अर्थात् कुकुरले टोकेपछि लगाउने खोप लगाएको १ बर्ष मात्र रक्तदान गर्नु राम्रो हुन्छ ।
१०. १ जना मानिसको शरीरमा लगभग ५ लिटर रगत हुने गर्दछ । १ पिन्ट रगतमा ३ सय मिलि हुने हुँदा रक्तदान ४ पटक गरेपछि रगत शरीरमा घट्ने वा कमजोर हुने दुब्लाउने भन्ने हुँदैन । रगत दान गरेको दिन केही आवश्यक शारीरिक आराम र झोलिलो पदार्थ जुस जस्ता पेय पदार्थ पिउनु राम्रो हुन्छ । तर, माद्यक पदार्थ, धुम्रपान पिउने गर्नु हुँदैन ।
शरीरमा रगत बढ्ने प्रक्रिया नियमित भै रहने हुँदा हामीले दिएको रगत शरीरमा केही समयदेखि केही दिनभित्र पूरा
हुन्छ । यसमा कुनै डराउने वा गलत सोंच राखी रगत दिएपछि शरीरमा जटिल समस्या आउने भन्ने सोंचले रगत दान गर्न डराउनु गलत हो तर माथि उल्लेखित विषयमा ध्यान दिन जरुरी छ । आज विश्व रक्तदाता दिवस हो । तर, हामी सबैले समय–समयमा रगत दान गरी रगतको अभावबाट हुने अकाल मृत्युलाई कम गरौं । रक्तदान जीवनदान भन्ने मुल मन्त्रको सक्दो उपयोग गरौं ।