
नेत्र बिशेषज्ञ, फत्तेबाल आंखा अस्पताल, फुल्टेक्रा, नेपालगंज
बिशेषगरी कोभिड संक्रमणको दोश्रो लहरपछि आंखामा देखिने ब्लैक फंगस ९ःगअयचmथअयकष्क० रोग धेरै चर्चामा आएको छ । कतिपय मीडिया र सामाजिक संजालहरुमा यसबारे एकदम त्राशपूर्ण तरीकाले सूचना सम्प्रेशण भईरहेको देखिएको छ । जसबाट समाजमा एक किसिमको भय ९एबलष्अ० सृजना भएको छ ।
आंखामा लाग्ने ब्लैक फंगस (कालो ढुसी) रोग पहिले देखि नै रहेको थियो । तर यो रोग बिशेष गरी रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका ब्यक्तिहरु मध्ये थोरैलाई मात्र लाग्ने भएकोले कोभिड संक्रमणको दोश्रो लहर भन्दा पहिले यसको चर्चा हुने गरेको थिएन । कोभिड संक्रमणको दोश्रो लहरले भारत र नेपालका धेरै नागरिकहरुलाई सिकिस्त बनाई अस्पतालमा राखेर स्टेरोइड औषधि, अक्सिजन र भेन्टिलेटर सहितको सघन उपचार गर्नुपर्ने अवस्था आएपछि ती बिरामीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकोले यो रोग पहिले भारतमा देखिएको र अहिले नेपालमा पनि केही (हालसम्म १२ जना मात्र) बिरामीहरुमा यो ब्लैक फंगस रोग भेटिएको हो ।
ब्लैक फंगस रोग कसलाई लाग्दछ?
बिशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको ब्यक्तिहरुमा यो रोग लाग्न सक्छ । अनियन्त्रित मधुमेह भएका बिरामीहरु, अंग प्रत्यारोपण गराएका र लामो समय स्टेरोइड सेवन गरेका बिरामीहरुमा, क्यान्सर रोगको उपचार गराई राखेका बिरामीहरु, कोभिड संक्रमित भई कम्तीमा १० दिनसम्म निरन्तर स्टेरोइड औषधि सेवन गरेका, अक्सीजन र भेन्टिलेटरमा उपचार गर्नु परेको बिरामीहरुमा प्रायः ६ हप्ता भित्रमा यो रोग देखा पर्न सक्छ ।
लक्षणहरुः
यो रोग लागेपछि शुरुमा नाक बन्द हुने, नाकबाट गाढा रगत आउने, दुर्गन्ध आउने, टाउको दुख्ने र ज्वरो आउने हुन्छ । त्यसपछि क्रमशः आंखा दुख्ने, सुन्निने, रातो हुने, आंखा बाहिर निस्किेको जस्तो देखिने, अचानक दृष्टि गुम्ने, आंखाको पलक तल झर्ने, आंखा चलाउन नसक्ने, अनुहारको पक्षघात हुने र मस्तिष्क सम्म संक्रमण हुन सक्छ ।
उपचारः
यसको उपचार निकै चुनौतीपूर्ण हुन्छ । तसर्थ यो रोग लाग्नबाट बच्नु नै सबभन्दा उत्तम उपाय हो । यसलाई समय मै पहिचान गर्न सकेको खण्डमा केही मात्रामा उपचार सम्भव हुन सक्छ ।
रोग लाग्नबाट कसरी बच्ने?
रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका ब्यक्तिहरु अत्यधिक फोहोर भएको ठाउंमा नजाने, सफा र सुख्खा मास्क प्रयोग गर्ने, ब्यक्तिगत सरसफाईमा ध्यान दिने, कोभिड संक्रमण भइसकेको ब्यक्तिले दिनहुं बेटाडिनले मुख कुल्ला गर्ने, मधुमेहको बिरामीले ब्लड सुगर नियन्त्रणमा राख्ने, चिकित्सकको सल्लाहअनुसार मात्र औषधिको सेवन गर्ने, कोभिड संक्रमण मुक्त भएपछि कम्तीमा ६ हप्तासम्म प्रत्येक २(२ हप्तामा नाक र आंखा जांच गराउनु पर्दछ ।
के सबै कोभिड संक्रमित ब्यक्तिले संक्रमण मुक्त भएपछि कम्तीमा ६ हप्तासम्म प्रत्येक २(२ हप्तामा नाक र आंखा जांच गराउनु पर्दछ ?
यो रोग बिशेषगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको ब्यक्तिलाई लाग्ने भएकोले सबै कोभिड संक्रमित ब्यक्तिले कान र आंखा जांच गराउनु नै आवश्यक हुंदैन । कुनै लक्षण देखिएमा मात्र जांच गराए पुग्छ ।
तर अनियन्त्रित मधुमेह भएका बिरामीहरु, अंग प्रत्यारोपण गराएका र लामो समय स्टेरोइड सेवन गरेका बिरामीहरु, क्यान्सर रोगको उपचार गराई राखेका बिरामीहरु कोभिड संक्रमित हुनु भएको छ भने कोभिड संक्रमण मुक्त भएपछि कम्तीमा ६ हप्तासम्म प्रत्येक २(२ हप्तामा नाक र आंखा जांच गराउनु पर्दछ । त्यस्तै कोभिड संक्रमित भई कम्तीमा १० दिनसम्म निरन्तर स्टेरोइड औषधि सेवन गर्नु परेको, अक्सीजन र भेन्टिलेटरमा उपचार गर्नु परेको बिरामीहरुले पनि कोभिड संक्रमण मुक्त भएपछि कम्तीमा ६ हप्तासम्म प्रत्येक २(२ हप्तामा नाक र आंखा जांच गराउनु पर्दछ ।
तसर्थ, ब्लैक फंगसबाट त्रसित हुन आवश्यक छैन । यो रोग पहिलादेखि नै थियो । यो रोग बिशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको ब्यक्तिलाई लाग्न सक्ने भएको र कोभिड संक्रमणको दोश्रो लहरले धेरै नागरिकहरुलाई सिकिस्त बनाएकोले यो रोगको चर्चा अलि बढी भएको मात्र हो । यसबाट भयभीत हुनुपर्ने आवश्यक छैन । उपरोक्त लक्षण देखिएको ब्यक्तिले र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको ब्यक्तिलाई यदि कोभिड संक्रमण भएको छ भने संक्रमण मुक्त भएपछि कम्तीमा ६ हप्तासम्म प्रत्येक २(२ हप्तामा नाक र आंखा जांच गराउनु पर्दछ ।