नेपालगन्जमा जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

चीनबाट आएको भेरोसेल खोप जेठ २६ गते लगाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले खोप ६२ बर्ष भन्दामाथिका नागरिकलाई मात्र लगाउने गरी तालिका सार्बजनिक गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिमा जेठ २६ गते जेष्ठ नागरिकका लागि कोभिड विरुद्धको भेरोसेल खोप लगाइने भन्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा विहान १० बजेदेखि ४ बजेसम्मको तालिका सार्वजनिक गरेको छ ।
स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले ६२ देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउन लागिएको जानकारी दिएका छन् ।
यसअघि ६० देखि ६४ वर्ष उमेर समूहका जेष्ठ नागरिकलाई खोप लगाउने भनिएकोमा स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाबाट उपलब्ध भ्याक्सिनबाट दोश्रो मात्राको सुनिश्चितता गरि खोप लगाउनुपर्ने भएकोले उमेर समूह ६२ देखि ६४ वर्ष कायम गरिएको हो ।
खोप लगाउन आउनेहरुले अनिवार्य परिचय खुल्ने कागजात ल्याउनुपर्ने उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगन्ज १८ का वडाध्यक्ष दीपक कुमार बर्माले सार्वजनिक सूचना जारी गरि वडास्थित स्वास्थ्य चौकीमा खोप केन्द्र बनाइएको जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया