भेरी अस्पताल नेपालगन्जमा गत जेष्ठ १३ गते उपचारका क्रममा कोरोना संक्रमित दाङ्गका ५२ बर्षीय डिल्ली बहादुर रावतको मृत्यु भए पछि उपचारमा लापरवाही भएको भन्दै आफन्तले स्वास्थ्यकर्मी माथी आक्रमण र अस्पतालमा तोडफोड गरेको समाचार सार्वजनिक भयो ।
घटना लगत्तै स्वास्थ्यकर्मीहरुले घटनामा संलग्नलाई कारवाही र पेशागत सुरक्षाको माग सहित आन्दोलन उत्रिएका थिए । स्वास्थ्यकर्मीको आन्दोलन र सुरक्षाकर्मीको अस्पतालको तैनाथीले शान्त हुनु पर्ने अस्पतालमा दुई दिन तनावको अवस्था देखियो । दोषी माथी कारवाही र सुरक्षाको मागले अस्पताल गुन्जायमान रह्यो ।
घटनाले उग्र रुप दिंदै गए पछि प्रहरीले घटनाको झण्डै दुई घण्टा पछि घटनामा संलग्नताको आरोपमा ३ जनालाई पक्राउ ग¥यो । निजहरुलाई जाहेरीका आधारमा ज्यान मार्ने उद्योग मुद्धा अन्तरगत बाँके जिल्ला अदालतबाट म्याद थप भई अपराध अनुसधान भैरहेको छ ।
स्वास्थ्यकर्मीको आन्दोलनले उग्र रुप लिए पछि जिल्ला प्रशासन कार्यालय बाँकेले सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गर्यो । बुझाएको प्रतिवेदनको सार प्रतिवेदन प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बुधवार पत्रकार माझ सार्वजनिक गरे ।
पछिल्ला घटना क्रमले स्वास्थ्य संस्थामा हुने आक्रमण र स्वास्थ्य उपचारमा लापरवाही र स्वास्थ्यकर्मीको सुरक्षाको सवाल बारम्बार उठिरहने बिषय बनेको छ । यीनै कुराको सेरोफेरोमा रहेर दैनिक नेपालगन्जका लागी कानून पत्रकार समाज बाँकेका सचिव वसन्त गौतमले नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा.बिनोद कर्ण, भेरी अस्पताल बिकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ र भेरी अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत इश्वरी केसीसंग सम्यक संवाद गरेका छन् ।
नेपाल चिकित्सक संघ मेरी शाखाका अध्यक्ष डा. बिनोद कर्णले स्वास्थ्य संस्थामा हुने घटनाका दोषीलाई कानूनी दायरामा नल्याउँदा घटनाले निरन्तरता पाएकोे बताएका छन् । दैनिक नेपालगन्जसंगको कुराकानीमा डा. कर्णले अपराघमा संलग्न दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले स्वास्थ्यकर्मी माथी आक्रमणका घटना दोहोरिएको र यसको रोकथामका लागी स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कडा कानूनको आवश्यकता रहेको बताए ।
स्वास्थ्य क्षेत्रमा बिकृती र बिसंगति रहेको स्वीकार्दै डा. कर्णले सुधारका लागी सबै पक्ष जिम्मेवार र उत्तरदायी हुनु पर्नेमा जोड दिए । अस्पतालमा हुने आक्रमण र गुणस्तरिय सेवाका लागी अस्पतालको आन्तरिक ब्यवस्थापनलाई मजबुत बनाउने, स्वास्थ्यकर्मी उपर आक्रमण र तोडफोड गर्ने उपर बिना मोलाहिजा निष्पक्ष अनुसन्धान गरि कानूनी कारवाही गर्ने, चिकित्सकबाट उपचारमा हेलचेक्राई हुन नदिने भई हालेमा कानूनी प्रक्रिया जान उपयुक्त हुने डा. कर्णको भनाई छ । बिरामीलाई गुणस्तरिय सेवा दिनु स्वास्थ्यकर्मीको ब्यवशायीक धर्म भएको उल्लेख गर्दै छानविन समितिमा समेत रहेका डा.कर्णले उपचारमा हेलचेक्राई हुन नदिन स्वास्थ्यकर्मी सचेत हुनु पर्ने बताए ।
भेरी अस्पताल नेपालगन्जकी नर्सिंङ्ग अधिकृत इश्वरी केसीले अस्पतालमा सुरक्षित तवरले काम गर्न सक्ने वातावरण भए मात्रै गुणस्तरिय सेवामा मद्धत पुग्ने बताइन । दैनिक नेपालगन्जसंगको कुराकानीका क्रममा अधिकृत केसीले घटनालाई राजनीतिसंग जोड्ने प्रवृत्तिले समस्या उब्जाउने गरेको बताइन । अस्पतालमा आवश्यक सुरक्षा प्रवन्ध राम्रो हुन नसक्नु, बिरामीको अनुपातमा स्वास्थ्यकर्मी नहुनु, बिराम्री र उनका आफन्तलाई आवश्यक मात्रामा अस्पतालले काउन्सिलिङ्ग गर्न नसक्दा पनि स्वास्थ्य क्षेत्रमा यस्ता घट्ना घट्ने गरेको अधिकृत केसीको अनुभव छ ।
स्वास्थ्य क्षेत्रको सुधार र भविष्यमा यस्ता घटना हुन नदिनका लागी अस्पतालमा सुरक्षित तवरले काम गर्ने वातावरणको निर्माण, अपराधको राजनीतिकरण अन्त्य, दोषीलाई कानून बमोजिम कारवाही गर्ने र अस्पतालाई बाह्य हस्तक्षेपबाट मुक्त राख्नु पर्ने बताइन् ।
भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले कुनै पनि घटनाको पछाडी त्यसको कारण हुने बताउँदै भविष्यमा स्वास्थ्यकर्मी माथीको आक्रमण र अस्पतालमा सुरक्षाको वातावरण निर्मांण गर्न घटना किन घटेका रहेछन् भनेर तिनको कारण खोजीनिति गर्नु पर्ने बताए ।
स्वास्थ्य क्षेत्रमा धेरै सुधारको आवश्यकता रहेको बताउँदै सदस्य श्रेष्ठले आफुहरु बिकास समितिमा आए देखि अस्पताल सुधारका लागी निरन्तर लागेको बताए । अस्पतालमा हुने आक्रमणको घटनाको पछाडी धेरै कारण हुने गरेको बताउँदै त्यस्ता कारणको सम्बोधन गरिनु पर्ने भनाइ राखे ।
भेरी अस्पतालमा हालै भएको घटनाले अस्पतालमा केही समस्या छन् । कमीकमजोरी छन् । तिनको सम्बोधन नगरे भबिश्यमा यस्ता घटनाले निरन्तरता पाउछन् भन्ने कुरामा सम्बन्धित पक्ष सचेत हुनु पर्नेमा श्रेष्ठले जोड दिए । अस्पताल ब्यवस्थापन, सुरक्षा ब्यवस्था, अनावश्यक भिजिटरको नियन्त्रण, बिरामी र निजका आफन्तलाई काउन्सिलिङ्गको प्रवन्ध, स्वास्थ्यकर्मीको मिठो बोली, उपचारमा स्वास्थ्यकर्मीबाट हुने हेलचेक्राईको अन्त्य, लगायतका कुराहरु लागु गर्न सके स्वास्थ्य क्षेत्र हुने आक्रमणका घटनाको नियन्त्रणमा मद्धत पुग्ने श्रेष्ठले बताए । अस्पतालमा हुने आक्रमणका घटना रोक्न अस्पतालका बिभागिय प्रमुख बसेर कमीकमजोरीको समीक्षा गरि गुणस्तरिय सेवाका लागी ठोस कार्य गर्नु पर्ने सदस्य श्रेष्ठ बताउँछन् ।
भबिष्यमा यस्ता घटना हुन नदिन के गर्नु पर्दछ भन्ने प्रश्नमा भेरी अस्पतालका नर्सिङ्ग अधिकृत इश्वरी केसीले अस्पतालले बिरामीलाई प्रर्याप्त काउन्सिलिङ्गको प्रवन्ध मिलाउने, अस्पतालको आन्तरिक सुरक्षा प्रवन्धलाई मजबुत बनाउने, अपराधको राजनीतिकरण बन्द गरि दोषीलाई कानूनी दायरामा ल्याउन सके यस्ता घटना रोकथाममा मद्धत पुग्ने बताइन् ।
स्वास्थ्यकर्मीको रुखो बोली ब्यवहार, बिरामीलाई प्रर्याप्त काउन्सिलिङ्गको ब्यवस्था हुन नसक्दा पनि अस्पतालमा आक्रमणका घटना घट्ने गरेको नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. बिनोद कर्ण स्वीकार गर्छन् । चिकित्सकको लापरवाहीको कारणले पनि अस्पतालमा आमक्रमणको घटना हुने गरेको तर्फ दैनिक नेपालगन्जले जिज्ञासा राख्दा डा. कर्णले कहिले काँही एउटा रोगको उपचार गर्नु पर्नेमा अर्कोको उपचार भए उपचारमा हेलचेक्राई हुने बताउँदै स्वास्थ्यकर्मीको हेलचेक्राईका कारण बिरामीकोे तल माथी भयो भने स्वास्थ्यकर्मीलाई त्यसको जिम्मेवार बनाइनु पर्ने बताए । तर, भिडले आक्रमण गरेर होइन कि कानूनी प्रक्रिया पुरा गरेर कारवाही गर्न उपयुक्त हुने डा. कर्णको सुझाव दिए ।
यसै गरि भेरी अस्पताल बिकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले अस्पतालका हुने अपराधिक घटना नियन्त्रण गर्न स्वास्थ्यकर्मीले बिरामी उपर राम्रो माया ममता भाव दर्शाउने, रोगको बारेमा प्रर्याप्त काउसिलिङ्ग गर्ने, उपचार प्रक्रिया बारे जानकारी दिने, अस्पताल ब्यवस्थापन तर्फबाट भएका कमी कमजोरीको सुधार गर्न सके घटनाको न्यूनिकरणमा मद्धत पुग्ने बताए ।