कोरोना संक्रमणका कारण ज्यान गुमाउने आफ्ना सदस्यका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले आर्थिक सहयोग प्रदान गर्नै भएको छ । संघको विहीवार बसेको बैठकले गरेको निर्णय जानकारी दिंदै महासचिव चिरन्जीवी ओलीले कोरोनाको दोस्रो लहरमा गत बैशाख यता संक्रमणले ज्यान जाने सदस्यका परिवारलाई ३१ हजारका दरले राहत दिन लागेको बताए ।
निरन्तरको निषेधाज्ञाका कारण परेको प्रभाव समीक्षा गरिएको बैठकले आफ्ना सदस्यको ज्यान जाँदा परेको दुःखमा केही हदसम्म भएपनि मलहम लगाउन यसखाले निर्णय गरेको महासचिव ओलीको भनाइ छ । अध्यक्ष अब्दूल वाहिद मन्सुरीको अध्यक्षतामा भएको बैठकले विभिन्न विषयमा गम्भीर छलफल गरेको संघले जनाएको छ ।
कोरोनाको दोस्रो लहरमा नेपालगन्ज निकै प्रभावित छ । त्यस क्रममा संक्रमणले ज्यान गुमाउनेमा उद्योगी व्यवसायीहरुको संख्या पनि उल्लेख्य रहेको संघले जनाएको छ ।