शिक्षण अस्पतालमा सहुलियत खाना

नेकपा एमाले बाँकेले बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा कोभिड बिरामी तथा कुरुवा आफन्तलाई सहुलियत खानाको व्यवस्था गरेको छ । एमाले बाँकेले गत जेठ १ गतेदेखि कोभिड बिरामी र उनीहरुका आफन्तलाई ३० रुपैयाँ प्रतिछाक खाना खुवाइरहेको हो ।

हालसम्म करिब ५ हजारले सहुलियत खाना खाएको एमाले बाँकेका सचिवालय सदस्य अब्दुल हुसेन खाँले जानकारी दिएका छन् । ‘अस्पताल परिसरमै खानाका लागि भान्साको व्यवस्था गरिएको छ’, उनले भने ।

सहुलियत खानाका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् ।‘निषेधाज्ञाका बेला खानाका लागि समस्या नहोस्, आर्थिक रुपमा पनि भार नपरोस् भन्ने मानवीय उद्देश्यले हामीले सहुलियत रुपमा खाना खुवाइरहेका हौं’, एमाले कोहलपुर नगर कमिटि सचिव शंकर खड्काले भने ।

भान्सा सञ्चालनका लागि ५ जना कर्मचारी, २५ स्वयंसेवक व्यवस्थापन खटिएका छन् । सहुलियत खाना उपलब्ध गराउन विभिन्न तथा संस्थाले जन्मोत्सव, बार्षिकोत्सव, वैवाहिक बर्षगाँठ लगायतको अवसर पारे सहयोग गरिरहेको भान्सा व्यवस्थापन गरिरहेका एमाले नेता पोष्टराज भुषालले जानकारी दिए । भान्साघरलाई देशविदेशमा रहेका नेपालीहरुले समेत सहयोग पठाइरहेको उनले बताए । एक दिनको पूर्ण खर्च व्यहोर्ने मनकारीहरु समेत सम्पर्कमा आइरहेकाले सञ्चालनमा सहयोग पुगिरहेको भुषाल बताउँछन् ।]

नेपालगन्ज विज्ञापन सेवाका सञ्चालक लोकनाथ शर्मा एमाले बाँके सचिवालय सदस्य अब्दुल हुसेन खाँलाई सहुलियत खानाका लागि ५ हजार सहयोग हस्तान्तरण गर्दै ।

प्रतिक्रिया

प्रतिक्रिया