स्वास्थ्यकर्मी कुटपिट प्रकरणः प्रतिवेदन सार्वजनिक गर्दै प्रशासन

भेरी अस्पतालमा चिकित्सकसहित स्वास्थ्यकर्मी माथि भएको कुटपिटको घटना छानबिन गर्न गठित छानविन समिति आज बुधवार सार्वजनिक गरिने भएको छ ।
घटना भए लगत्तै गत साता विहीवार तीन दिनको अवधि लिएर आइतवार प्रतिवेदन बुझाउने गरि काम गरेको समितिले गरिरहेको समितिले सोमवार बुझाएको प्रतिवेदन अध्ययन सकेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बुधवार प्रतिवेदन सार्वजनिक गर्न लागेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको अध्यक्षतामा गठित सात सदस्यीय समितिले दिएको प्रतिवेदन आज सार्वजनिक गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्ण, नर्सिंग संघका अध्यक्ष लक्ष्मी ओली, भेरी अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठ सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका प्रतिनिधि चिकित्सक छानविन समितिमा थिए ।

छानविनमा दिनभर व्यस्त छानविन समिति

प्रतिक्रिया

प्रतिक्रिया