रहेनन् एमाले नेता थापा

नेकपा एमालेका नेता डम्बर थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण अस्पतालमा उपचार गराइरहेका नेपालगन्ज १८ का वासिन्दा थापाको त्यसैक्रममा सोमवार दिउसो निधन भएको परिवार स्रोतले जनाएको छ । थापाका दुई छोरी र श्रीमति छन् ।

निकै मिजासिला व्यक्तित्व डम्बर थापाको निधनले धेरैलाई भावविव्हल बनाएको सामाजिक सञ्जालमा व्याप्त अभिव्यक्तिले पनि पुष्टि गरेको छ ।

गत वर्ष कोरोना संक्रमणका कारण लकडाउन चलिरहँदा एक्लो छोराको हत्या भएपछि निकै भावनात्मक तनाव झेलिरहेका थापाको खस्किएको मनोबललाई कोरोना संक्रमणले झनै गलाएको थियो । निकै मिजासिला उनको निधनले धेरैलाई भावविव्हल बनाएको सामाजिक सञ्जालमा व्याप्त अभिव्यक्तिले पनि पुष्टि गरेको छ ।

एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज थापाको सोमबार दिउँसो सवा दुई बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको हो।

एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालका अनुसार, आजै थापाको दाहसंस्कार गरिंदैछ । वैशाख २५ गते पीसीआर जाँच गरेपछि थापा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए। युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको पार्टी अध्यक्ष ढकालको भनाइ छ ।
नेपालगन्ज १८ का वडाध्यक्ष दीपक कुमार बर्माले थापाको निधनले आफ्नो वडामा भरपर्दाे अभिभावक गुमेको प्रतिक्रिया दिए ।
सोमवार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट बाँकेमा ६ जनाको मृत्यु भएको छ । संक्रमित बिरामीहरुको उपचार भईरहेको भेरी अस्पतालमा ३ जना र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना गरि थप ६ जना संक्रमितको मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण बाँके जिल्लाका २९१ जना र उपचारका लागि जिल्ला बाहिरबाट आएका २८६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया