बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा

बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ । स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दै विभिन्न आदेश गरेको हो । (हेर्नेुस् स्थानीय प्रशासनको आदेश)

सोमवार बाँके जिल्ला प्रशासनबाट जारी निषेधाज्ञाको आदेश

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो । सक्रिय संक्रमितको संख्याले जोखिम कायमै रहेको भन्दै प्रजिअ गेलालले निषेधाज्ञा लम्ब्याउनु परेको बताए ।

कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न र रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रजिअ गेलालको भनाइ छ । तर, निषेधाज्ञाको पालना नभएको भन्दै अर्थहीन निषेधाज्ञा खारेज गर्न विभिन्न ठाउँबाट आलोचना पनि गरिंदै आएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया