करदाताले जान्नेैपर्ने बजेटबारे केही कुरा

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८।७९ को बजेटबाट मानव स्वास्थ्य र आर्थिक संकटबाट सिर्जित प्रतिकुल अवस्थामा करदातालाई केही राहत एवम सहुलियत प्रदान गरेका छन् । बजेट अनुसारका छुट तथा सुविधाहरू देहाय बमोजिम रहेका छन् ।

छुट तथा सहुलियतहरू
१. अप्राइभेट फर्म तथा कम्पनी नवीकरण शुल्क मिन्हा सम्बन्धी विशेष व्यवस्था प्राइभेट फर्म रजिष्टेशन ऐन २०१४ तथाकम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका आ.व. त२०७५।७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका फर्म तथा कम्पनीले सम्वत २०७८ साल असोज मसान्तभित्र विवरण र जरिबाना तथा शुल्कको दस प्रतिशत रकम बुझाएमा बाँकी जरिवाना तथा शुल्कमिन्हा हुनेछ ।

२. कोभिड १९ को संक्रमणबाट प्रभावित कारोबारमा करछ्रुट सहुलियत

वार्षिक २० लाख सम्मको कारोबार वा दुई लाख सम्म आयभएको कर दातालाई आयवर्ष २०७७।७८ मा लाग्ने करमा ९० प्रतिशत छुट हुनेछ । त्यस्तै कारोबारको आधारमा कर बुझाउने वार्षिक २० लाखदेखि पचास लाख सम्मको कारोबार भएका करदातालाई लाग्ने करमा ७५ प्रतिशत र वार्षिक एक करोड सम्मको कारोबार गर्ने करदातालाई लाग्ने करमा ५० प्रतिशत छुट हुने व्यवस्था बजेटले गरेको छ ।

३. अति प्रभावित व्यवसायलाई छुट
होटल, ट्राभल, टेकिङ, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चार गृह, यातायात वा हवाई सेवाको वार्षिक एक करोड भन्दा बढी कारोबार गर्ने व्यक्तिको कर योग्य आयमा १ प्रतिशतले मात्र कर लाग्नेछ । यस्ता व्यक्तिलाई आयवर्ष २०७६।७७ र २०७७।७८ मा नोक्सानी भएमा उक्त नोक्सानीलाई आउँदो १० वर्षसम्म सार्न सक्ने व्यवस्था गरिएको छ ।

४. कोरोना कोषमा योग्दान कर छुट हुने
कुनै व्यक्तिले आयवर्ष २०७७।७८ मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योग्दान गरेको रकम करयोग्य आयबाट घटाउन पाउनेछ ।

५. अन्तःशुल्क इजाजतपत्र नवीकरण सम्बन्धी विशेष व्यवस्था
अन्तःशुल्क ऐन २०५८ बमोजिम इजाजतपत्र लिई तोकिएको अवधिभित्र नवीकरण नगराउने इजाजत पत्रवालाले इजाजतपत्र नवीकरण गराई कारोबारलाई निरन्तरता दिन चाहेमा २०७८ साल साउन महिना भित्र प्रत्येक वर्षको लागि नवीकरण बापतलाग्ने दस्तुर बुझाई नवीकरण गरेमा लाग्ने जरिबाना मिन्हा हुनेछ ।

६. निवृत्तिभरणको आयमा छुट
बासिन्दा प्राकृतिक व्यक्तिलाई निवृतिभरण (पेन्सन) को आयमा प्रदान गर्दै आएको २५ प्रतिशत छुटको व्यवस्थालाई आर्थिक ऐन २०७७ बाट हटाइएको थियो । उक्तव्यवस्थालाई यो अध्यादेशले फेरी कायम गरेको छ ।

७. प्रशासकीय पुनरावलोकन वा पुनरावेदनमा रहेका मुद्दा फिर्ता लिई कर तिरेमा शुल्क, थप दस्तुर तथा जरिवाना मिन्हा सम्बन्धी विशेष व्यवस्था
मु.अ. कर ऐन, २०५२, अन्तःशुल्क ऐन २०५८ र आयकर ऐन, २०५८ बमोजिम २०७७असार मसान्तसम्म भएको कर निर्धारण उपर चित्त नबुझी आन्तरकि राजस्वविभाग समक्ष प्रशासकीय पुनरावलोकनमा वा राजस्व न्यायीधिकरण वा अदालतमा विचारधीन रहेका मुद्दा (झुट्टा तथा नकली बीजक सम्बन्धमा भएको कर निर्धारण बाहेक) लाई फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको मु.अ. कर, अन्तःशुल्क र आयकर बापतको कर र ब्याजको पचास प्रतिशत रकम २०७८ सालमंसिर मसान्त भित्र बुझाएमा सो मा लागेको शुल्क, थप दस्तुर, जरिबाना तथा बाँकी ब्याज मिन्हा हुनेछ ।

८. बक्यौता मिन्हा सम्बन्धी विशेष व्यवस्था
मु.अ. कर ऐन, २०५२, अन्तःशुल्क ऐन २०५८ र आयकर ऐन, २०५८ बमोजिम २०७६ असार मसान्तसम्म भएको कर निर्धारण भई बक्यौता (झुट्टा तथा नकली बीजक सम्बन्धमा भएको कर निर्धारण भई भएको कर बक्यौता बाहेक) रहेको मु.अ. कर, अन्तःशुल्क र आयकर बापतको कर र ब्याज रकम २०७८ साल पुष मसान्तभित्र बुझाएमा सो मा लागेको शुल्क, थप दस्तुर तथा जरिबाना मिन्हा हुनेछ ।

९. भवनबीमा
बासिन्दा प्राकृतिक व्यक्तिले आफ्नो स्वामित्वमा रहेको निजी भवनको बीमा गरेमा सो वापत भुक्तानी गरेको वार्षिक प्रिमियम वा पाँच हजार रूपैयाँमा जुन घटी हुन्छ सो रकम करयोग्य आयबाट घटाउन पाउनेछ ।

१०. कृषि व्यवसायीलाई छुट
कृषिको व्यवसायीकरण गरी उत्पादन र रोजगारी वृद्धि गर्न कुनै फर्म, कम्पनी, साझेदारी तथा सङ्गठित संस्थाको रूपमादर्ता गरी कृषि व्यवसाय गरी प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट प्रदान गरिएको छ । त्यस्तै सामुहिक व्यवसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमालाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिइएको छ ।

११. स्टार्टअप व्यवसायलाई छुट
नवप्रवर्तनकारी ज्ञान, सोच, सीप, प्रविधि, व्यवहार र तरिका प्रयोग गरी वार्षिक एक करोडसम्म कारोबार गर्ने विभागले तोकेको स्टार्टअप व्यवसायलाई कारोबार शुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा १०० प्रतिशत छुट दिइएको छ ।

१२. विशेष उद्योगलाई छुट
कोभिड महामारी पछिको आर्थिक पुनरुत्थानलाई तीव्रता दिन आगामी आर्थिक वर्षको साउन १ गतेदेखि स्थापना हुने उत्पादनमूलक विशेष उद्योगको लागि संस्थागत आयकरको दर ५ वर्षभित्र १५ प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष १ प्रतिशत विन्दुले घटाउंदै जाने नीति अव्लम्बन गरिने भनिएको छ ।
स्वदेशमा उत्पादन गरेको कच्चापदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिइएको छ ।
विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था गरिएको छ ।

१३. औद्योगिक ग्राममा हस्तान्तरित उद्योगलाई छुट
औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बाहिर सञ्चालनमा रहेका उद्योग औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन शुरु भएको ३ वर्ष सम्म आयकरमा ५० प्रतिशत र त्यसपछिको ५ वर्ष सम्म आयकरमा २५ प्रतिशत छुट दिइएको छ ।

१४. ढुवानी साधनको भाडा बापतको खर्च कट्टी सम्बन्धी विशेष व्यवस्था (बिना पान खर्च कट्टी)
ढुवानी सेवा प्रदायक व्यवसायीले आफ्नो व्यवसाय सञ्चालनको लागि आर्थिक वर्ष २०७६।७७ मा पान नम्बर नभएका प्राकृतिक व्यक्तिबाट ढुवानीका साधन भाडामा लिई त्यस्तो भाडा बापतको रकम भुक्तानी गर्दा आयकर ऐन, २०५८ बमोजिम २।५० प्रतिशतअग्रिम कर कट्टी गरी भुक्तानी गरेमा बीजक नभएपनि त्यसरी भुक्तानी गरिएको भाडा बापतको रकम करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउनेछ ।

१५. मु. अ. कर कट्टी सम्बन्धी व्यवस्था
करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपीग्याँसको खरिदमा तिरेको मु.अ. कर कट्टी गर्न पाउने व्यवस्था मिलाइएको छ ।

१६. कोभिड १९ बाट संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि आव्श्यक पर्ने स्वास्थ्य सामाग्रीमा करछुट सम्बन्धी विशेष व्यवस्था
कोभिड १९ बाट संक्रमित बिरामीको उपचार व्यवस्थापनका लागि आवश्यक पर्ने अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्टेटर लगायतका अन्यजीवन सामाग्री र रेम्डेसिभिर लगायतका अन्य औषधी आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महशुल, अन्तःशूल्क तथा मु.अ. कर २०७८ पुष मसान्तसम्म छुट हुनेछ ।

१७. विद्युतीय सवारी साधनतथा घरायसी सामाग्रीमा छुट
विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातको साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महशुल समेत उल्लेख्य मात्रामा घटाइएको छ । त्यस्तै विद्युतीय गाडी किन्नप्रोत्साहन गर्न पाँच वर्षसम्म नवीकरण र दर्ता शुल्क नलिने घोषणा गरेको छ ।
इन्डक्सन चुल्होको भन्सार महशुल दर घटाएर १ प्रतिशत कायम गरिएको छ ।
रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पंखालगायतका विद्युतिय उपकरणको अन्तः शुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ ।

करको दायरा विस्तार
१. पूर्व अनुमानित आय विवरण बुझाउने सीमा
पूर्व अनुमानित आय विवरण बुझाउने कारोबारको सीमालाई वृद्धि गरेर वार्षिक २० लाख सम्मको कारोबार वा दुई लाख सम्मको आय बाट वार्षिक ३० लाख सम्मको कारोबार र तीनलाख सम्मको आय पुर्याइएको छ । २. कारोबारको आधारमा आयविवरण बुझाउने सीमा कारोबारको आधारमा आय विवरण बुझाउने कारोबारको सीमालाई वृद्धि गरेर २० लाखभन्दा बढी ५० लाखभन्दा घटीबाट वार्षिक ३० लाखभन्दा बढी एक करोड भन्दा घटी र व्यवसायबाट प्राप्त करयोग्य आय १० लाख बनाइएको छ ।
कर प्रणाली तथा प्रशासनमा सुधार

३. अनिवार्य भ्याटमा दर्ता
कारोबार विशेष र क्षेत्रगत आधारमा अनिवार्य मुल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने प्रावधानलाई खारेज गरी अब कारोबार थ्रेसहोल्ड भन्दा माथि भएमा मात्र भ्याटमा दर्ता हुनुपर्ने प्रावधान गरिएको छ ।

४. खरिद तथा विक्रीखाता
मुल्य अभिवृद्धि करमा दर्ता भएका करदाताहरूले मु.अ.कर ऐन २०५२ तथा विभागको मिति २०६०।०५।३० को निर्णय अनुसार मासिक कर विवरण पेश गर्नुपर्ने करदाताले श्रावण महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्नुपर्ने करदाताले कार्तिक महिनाभित्र खरिद तथा विक्री खाता कर अधिकृतबाट प्रमाणि गराउनु पर्ने व्यवस्था खारेज गरिएको छ । अब करदाताले आफैँले प्रमाणित गरेको खरिद तथाविक्रीखाता लेखा राख्ने प्रयोजनको निमित्त प्रयोग गर्नुपर्ने छ ।

५. अनलाईन करचुक्ता प्रमाणपत्र
कर बक्यौता नभएका र चालु वर्षमा स्वयं कर निर्धारण अनुसारको कर भुक्तानी गरेका सबै करदाताले स्वचालित प्रणालीबाट कर चुक्ता प्रमाणपत्र पाउने व्यवस्था मिलाउने भनिएको छ ।

६. निकासी पैठारी संकेत नम्बर (ऐक्जिम कोड्र) नवीकरण निकासी पैठारी संकेत नम्बरलाई प्रत्येक आर्थिक वर्ष शुरु हुनु अगावै अध्यावधिक गर्नुपर्ने व्यवस्थालाई

प्रतिक्रिया

प्रतिक्रिया