भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न गठित छानविन समिति शनिवार दिनभर व्यस्त रह्यो ।

भोलि आइतवार प्रतिवेदन बुझाउने गरि काम गरिरहेको समितिले शुक्रवार र शनिवार दिनभर छानविनमा व्यस्त भएको हो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टको अध्यक्षतामा गठित सात सदस्यीय समितिले शुक्रवारदेखिनै काम थालेको थियो ।
समितिमा सदस्य मनोनित अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले सघन ढंगले काम भइरहेकाले तोकिएकै म्याद भित्र प्रतिवेदन बुझाइने बताएका छन् । शनिवार सम्म अस्पतालका प्रमुख, विकास समिति अध्यक्ष देखि विभागीय प्रमुख सबैसँग भेटघाट गरेको छानविन समितिले आरोपित मान बहादुर रावत सहित तीनै जनासँग बयान लिएको छ ।
प्रत्यक्षदर्शी स्वास्थ्यकर्मी देखि निजी सुरक्षागार्डका प्रमुख समेतसँग बयान लिइएको सदस्य श्रेष्ठले जानकारी दिए । ३ दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश पाएको समितिमा श्रेष्ठ सहित डा. विनोद कर्ण, लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका प्रतिनिधि चिकित्सक रहेका छन् ।
भेरी अस्पतालमा तीन गुना सुरक्षा व्यवस्था