उचित सुरक्षा अभावले घटनाः स्वास्थकर्मी संगठन

भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर आन्दोलित स्वास्थ्यकर्मीहरुले उचित सुरक्षा व्यवस्था नभएकै कारण घटना भएको भन्दै सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
नेपाल चिकित्सक संघ लगायत स्वाथ्यकर्मीहरुका विभिन्न १५ वटा संगठनले संयुक्त विज्ञप्तिमार्फत पटक पटक सुरक्षा व्यवस्था मिलाउन गरिएको मागमा गम्भीर नभएकै कारण यो अवस्था आएको गुनासो गरेका हुन् । (हेर्नुस विज्ञप्ति) उपचारका क्रममा एकजना संक्रमितको विहीवारराती मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेका थिए । घटनापछि सुरक्षा व्यवस्थालाई लिएर स्वास्थ्यकर्मी आन्दोलित भएका छन् ।

