बैशाख १० गतेको दिन सदा भै म भेरी अस्पतालको प्रसुती वार्डमा डिउटी गर्न गएकि थिए । दिनको त्यस्तै २ बजेको हुदो हो सधै होहल्ला हुने प्रसुती हुने प्रसुती कक्षमा त्यो दिन सुनसान थियो । वार्ड भित्र प्रवेश गर्दा डिउटी स्थल नजिकै एक अद्र्य बैसै पुरुष टाउकोमा हाँत राखेर हुक्क हुक्क गरेको आवाज सुने । बुझ्दा थाहा भयो अत्याधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गएको रहेछ । बच्चा जिउदै जन्मेको भएता पनि साल अड्केर तत्काल सुबिधा सम्पन्न अस्पतालमा उपचार नपाउदा आमाको मृत्यु भएको रहेछ ।
हुम्लाको बिकट गाउँकी एक झण्डै ३० बर्षिया सुत्केरी ब्यथा लागे पछि नजिकैको स्वास्थ्य चौकीमा पुगेकि रहेछन् । स्वास्थ्य चौकी पुगेको केहि समयमै स्वच्छ बच्चा जन्मको जन्म त दिईन तर सुत्केरी पश्चात साल खल्न सकेनछ । त्यहाँका स्वास्थ्यले प्रयास गर्दा नसके पछि रातको समय भएको हुदा हुम्ला देखि नजिकको ४ घण्टाको दुरीमा पर्ने बाजुरामा रिफर भएको रहेछ । त्यहाँ पु¥याउदा पनि सफल नभए पछि त्यहाँका स्वास्थ्य कर्मीको सल्लाहमा भेरी अस्पतालमा रिफर गरिएको रहेछ । तर बिडम्बना भेरी अस्पतालमा आउदा आमा बाटैमा मृत्यु भैसकेको थियो । बच्चा भोकले रोईरहेको थियो । यो घटनाले यदि यातायातको सुबिधा र सुबिधा सम्पन्न अस्पतालमा बिरामीको समयमै पहुच पुग्न सकेको भए पक्कै पनि सुत्केरीको अकालमा ज्यान जाने थिएन । सामान्यतय सुत्केरी महिलाको ३ ढिलाईले मृत्यु हुने गर्दछ । समयमै कहाँ, कसरी, पूर्व प्रसुती तयारीमा ढिलाई गरेका सुत्केकीको अकालमा मृत्यु भएको पाईएको छ भने यातायातमा हुने ढिलाईले पनि महिलालहरुले अकालमा ज्यान गुमाउनु परेको पाइएको छ । यसै गरि स्वास्थ्य सस्थामा उपचारमा हुने ढिलाई र आवश्यक स्वास्थ्य उपकरण र दक्ष प्रसुतीकर्मीको अभावले पनि सुत्केरी महिलाको मृत्यु हुने गरेको छ । प्रस्तुत घटनाको सम्बन्धमा पनि समयमै तयारी नभएको, दुर्गम भएर बाटोको असुबिधा भएको र दुईवटा अस्पतालमा लैजादा पनि साधन श्रोत र दक्ष स्वास्थ्यकर्मीको अभावका कारण महिलाको मृत्यु भएको हो ।
यस्तै घटना बाँके नरैनापुरको एक २० बर्षिय महिलाको पनि रहेको छ । दोश्रो पटक गर्भवती भए देखि कुनै पनि गर्भवती जाँच नगराएकी ति महिला एकै पटक सुत्केरी ब्यथा लागे पछि नरैनापुरको एक स्वास्थ्य चौकीमा जाँदा पेटमा उल्टो बच्चा रहेका कारण सकुशल बच्चा जन्माउनमा समस्या प¥यो ।
त्यहाँ प्रयास गर्दा नसके पछि अर्को दिनको बिहान भेरी अस्पतालमा रिफर गरिएको रहेछ । अस्पताल आईपुग्दा हातखुट्टा बाहिर निस्केको भएता पनि ४ घण्टा देखि बच्चाको टाउँको निस्कन सकेको थिएन । बच्चा झुण्डाएकै अवस्थामा दर्दनाक पीडाका साथ ति महिला अस्पताल आइपुगेकी थिइन् । भेरी अस्पतामा ढिला गरि ल्याएका कारण चिकित्सक र नर्सिङ स्टाफको संयुक्त प्रयासबाट बच्चा निकाल्न सफल भएता भनी अस्पताल नआउदै बच्चाको मृत्यु भैसकेको थियो । आमाको ज्यान भने सकुशल भए पनि सानै उमेरमा दोश्रो बच्चाको आमा बनेका कारण सुत्केरी हुनमा समस्या परेको देखियो । यो केशमा नियमित महिलाले नियमित प्रसुती जाँच गरेको भए पहिले नै पेटमा अपाङ्ग बच्चा भएको थाहाँ हुने, समयमै सुत्केरी हुन सक्थिन र पेटमा बिकंलाङ्ग बच्चा रहेको ज्ञान भै कानूनत सुरक्षित गर्भपत गराउन सक्दथिन । आफु पनि एक आमा भएको नाताले अकालमा आमाबच्चाको मृत्युको घटनाले पीडा दिने गर्दछ । कतिपय जोखिममा रहेका महिलाको सकुशल सुत्केरी गराउदा आफुलाई सन्तोष हुन्छ भने सन्तानको मुख हेर्ने ठुलो अभिलाषा राखेका महिलाको समयमै उपचार नपाउने लगायतका स्वास्थ्यजटिलाका कारण अकालमै आमा र बच्चाको मृत्युका घटनाले आफैलाई पीडा दिने गर्दछ ।
यस्ता घटनात केही प्रतिनिधि घटना मात्रै हुन् । यी यस्ता घटना बर्तमान कोरोना कहरको समयमा अझ बढी घटेको पाइएकाले यस तर्फ सम्बन्धित सबैको ध्यान पुग्न जरुरी देखिएको छ । कोरोना त्रासका कारण नियमित गर्भवती चेकजाँच नगर्दा, सुत्केरी कहाँ कसरी गराउने भन्ने कुराको पूर्व योजना नबनाउदा, अस्पताल पु¥याउन ढिलाई हुदा, जोखिममा रहेका गर्भवती महिलाले गाउँकै स्वास्थ्य चौकीको भरपरि समयमै सुबिधा सम्पन्न अस्पताल पुग्न नसक्दा पनि धेरै मातृशिशु मृत्युदर बढेको छ ।
यसैगरि उमेर नपुग्दै बिवाह गर्ने, कम उमेरमै गर्भवती हुँदा, धेरै बच्चा जन्माउदा, गर्भवती अवस्था पोषिलो खाना खान नपाउदा, बिंकलाङ्ग बच्चा जन्मने, लामो ब्यथा लाग्ने, बच्चा जन्माउन नसक्ने, अत्याधिक रक्ताश्राव हुने, ब्लडप्रेशर हाई हुने समस्याहरु प्नि देखिएका छन् । यसै गरि कोरोना कहरमा बिचमा श्रीमान श्रीमती संगै रहेर पनि परियोजनाका साधन नअपनाउने, सुत्केरी महिलाले आवश्यक स्याहार नपाउने समस्या पनि देखिएका छन् । दोश्रो चरणको कोरोना संक्रमण फैलिए संगै भेरीमा कोरोना बिरामीको उपचार मात्रै हुन्छ, भेरीमा गए कोरोना सर्छ भन्ने गलत हल्लाका कारण पहिलेको तुलनामा सुत्केरी सेवा लिन आउने संख्यामा कमी भएको छ । भेरीले नियमित सुत्केरी सेवा दिईरहेको भएता पनि, कोरोना त्रास, यातायातको असुबिधा लगायतका कारणले यस्तो भएको पाईएकाले सुरक्षित सुत्केरी सेवाका लागी अस्पतालमै सुत्केरी हुने वातावरण मिलाउनका लागि सबैले आ आफनो क्षेत्रबाट लाग्नु पर्ने देखिएको छ ।कोराना कहरले कोभिड बिरामीको उपचारसंगै नन कोभिड बिरामीको उपरचारलाई पनि भेरी अस्पताले निरन्तरता दिएको छ । अझ प्रसुती सेवाको सन्दर्भमा कुरा गर्दा कोभिड भएका र नन कोभिड छुट्याएर सुबिधा दिएको छ । बैशाख यता १२ जना कोभिड संक्रमित महिलालाई जटिल र सामान्य प्रसुती सेवा उपलब्ध गराईएको छ । भेरी अस्पतालमा बैशाख महिना जष्ेठ ११ गतेसम्म जम्मा २१५ जनालाई सुत्केरी दिईएको अस्पतालको रेकर्डबाट देखिएको छ । बैशाख यता अप्रेसन मार्फत ४१ महिलाले प्रसुती सेवा लिएका छन् ।
भेरी अस्पताल कोरोना बिरामीको उपचार गर्ने अस्पताल भएकाले कोरोना सर्छ भन्ने भ्रम, लकडाउनका कारण सवारी साधनको असुबिधा, कोरोना डरत्रासका कारण अन्तिम समयसम्म घरमै सुत्केरी हुन खोज्ने प्रबृति अहिले समस्याको रुपमा देखिएका छन् । सुत्केरी हुन अस्पताल आएकाहरु प्राय गरेर ढिला गरि अस्पताल आएका कारण बच्चाले आमाको पेटमै दिशा खाईसकेको हुने, पेट भित्रै बच्चा मरिसकेको हुने, अत्याधिक रगत बग्ने, रगतको कमी हुने, ब्यथा लामो हुनाले आमा र बच्चाको स्वास्थ्यमा गंभिर असर पर्ने गरेको पाईएको छ । बैशाख महिना भरमा मात्रै यस्तो समस्याले १४ बच्चाको मृत्यु भएको पाईएको छ । अस्पतालमा प्रसुती सेवा लिन आउनेमा प्रायः गरि ढिला आउने, सुत्केरी हुने समय ब्यतित भैसकेका, रगतको मात्रा कम भएका, लामो ब्यथा लागेका, आमाको पेट भित्रै बच्चा निस्सासिएका हुने गरेकाले यस्तो घटना रोक्नका लागी गर्भवतीसंगै अन्य सम्बन्धित पक्ष चनाखो हुनु पर्ने देखिएको छ ।
गत आर्थिक बर्षको अन्त असार साउन महिनामा मातृशिशु मृत्युदर उच्च थियो । कारण खोज्दै जाँदा गर्भवतीको नियमित गर्भवती जाँच नगराउनु, ढिला अस्पताल आउने मुख्य समस्याको रुपमा देखिएको थियो । गत बर्षको असार महिनामा मात्रै ५ जना महिलाको यीनै कारणले मृत्यु भएको थियो ।
९ महिना गर्भमा राखेर पीडा भुल्दै सन्तानको मुख हेर्न लालायित आमालाई मृत बच्चा ल्याएर दिनु पर्दा म स्वास्थ्यकर्मीको मन त चसक्क हुन्छ भने ति आमाको मन कस्तो हुन्छ होला ? तिनलाई कति पीडा हुन्छ होला । ढिला गरि अस्पताल आएका कारण दिशा खाईसकेको, सुत्केरी हुने समय कटेर पानी सुकेका कारण अस्पताल आउदासम्म अधिकाशं गर्भवती महिलारुको पेट भित्रै बच्चा मरिसकेका हुन्छन् । रगताम्य अवस्थामा प्रशव सुत्केरी ब्यथा लाग्दा पनि सन्तानको मुख हेर्न आशमा पीडा भुलेका गर्भवती महिलाहरु जव अनेकन कष्ट ब्यहोर्दै मृत बच्चा जन्माउदा उनीहरुले भोगेको पीडा देख्दा आफु पनि एक महिला भएका नाताले मन कटक्क खान्छ । नरमाईलो लाग्छ । कोरोना कहरले आम नागरिकलाई प्रभावित पारेसंगै नर्सिङ्ग सेवा प्रभावित नहुने कुरै भएन । तर पनि अन्य समयमा भन्दा अझ बढी जिम्मेवार भई पेशा प्रति प्रतिवद्ध भएर गुणस्तरिय सेवा दिन सक्दा नै आफुलाई सन्तुष्टी मिल्छ ।
गर्भ रहेदेखि नै नियमित प्रसुती जाँच गर्ने, घरमा सुत्केरी नहुने, सुरक्षित सुत्केरी हुने प्रवन्ध पहिले नै मिलाउन सकेमा मातृमृत्युदर घटाउन सकिन्छ । यसै गरि गर्भवती आमाले पेटमा रहेका बच्चाको चले नचलेको बिचार गरिरहने, कुनै स्वास्थ्य समस्या भएमा तत्काल दक्ष स्वास्थ्यकर्मीको सल्लाह लिने गरेमा पनि मातृशिसु मृत्युदर बढाउन सकिन्छ ।
यसैले कोरोनाको कहरका बिचमा पनि भेरी अस्पतामा नियमित सेवा संचालन भैरहेकोले सुरक्षित प्रसुती सेवाका लागी अस्पतालमा आउने वातावरण मिलाउन स्वय गर्भवती महिला, घर परिवार लगायत सम्बन्धित सबै लाग्नु पर्ने देखिएको छ । (गौतम भेरी अस्पतालमा कार्यरत अस्पताल नर्सिङ्ग निरिक्षक हुन्)