बि–ग्रुपले गर्यो २४ लाख बढिको स्वास्थ्य सामाग्री सहयोग

बाँके जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि भेरी वातावरणीय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेले २४ लाख बढिको स्वास्थ्य तथा सरसफाईका सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।
बाँकेमा कोभिड महामारी नियन्त्रणका लागि आइतबार बि–ग्रुपले बाँकेले २४ लाख ६१ हजार ६ सय ६१ रुपैया मुल्य बराबरको स्वास्थ्य तथा सरसफाईका सामाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी एव जिल्ला विपत ब्यवस्थापन समिति,बाँकेका अध्यक्ष शिवराम गेलाललाई हस्तान्तरण गरेको हो ।


युकेएडको आर्थिक सहयोगमा सेफ द चिल्डेन कन्सोर्टियम अन्तर्गत केयर नेपालमार्फत बि–गु्रपका सचिव टेक बहादुर पुन र निर्देशक डम्मर सुनार सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।
सो स्वास्थ्य सामाग्री बुझनु हुदै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत ब्यवस्थापन समिति,बाँकेका अध्यक्ष शिवराम गेलालले विपतको बेलामा बि–ग्रुपले कोभिड शुरुवाती चरण देखि नै बाँकेमा स्वास्थ्य सामग्री सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्नु भयो साथै साझेदार सामाजिक संघसंस्थाको सहयोगले अहिले कोभिड नियन्त्रण तिर गईरहेको पनि जानकारी दिनुभयो । आगामी दिनमा कोभिडको अवस्था हेरी साझेदारी गरि स्वास्थ्य सामााग्री सहयोग गरिने बि–ग्रुपका निर्देशक डम्मर सुनारले बताउनुभयो ।

प्रतिक्रिया

प्रतिक्रिया