लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठमार्फत भेरी अस्पतालले आफ्ना आधारभूत आवश्यकताबारे प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्रदेश सरकारमा मन्त्री भएपछि पहिलो पटक शनिवार बाँके आइपुगेका मन्त्री श्रेष्ठलाई अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र सदस्य सचिव, अस्पतालका प्रमुख डा. प्रकाश थापाले संयुक्त रुपमा १० बूँदे ध्यानाकर्षण गराएका हुन् (हेर्नुस् तल) ।

भेरीले लिक्विड अक्सिजन ट्यांक सञ्चालनमा आएको जानकारी दिंदै मन्त्री श्रेष्ठलाई लिक्विडको कमि हुन नदिन आग्रह गरेको छ । मन्त्री श्रेष्ठले स्थलगत अनुगमनपछि भेरीका ध्यानाकर्षण भएको समस्या आउन नदिने प्रतिबद्धता जनाएका थिए ।
