नेपालगन्जस्थित वेष्टर्न हस्पिटल प्रालिले कोरोना संक्रमितको उपचारका लागि आवश्यक व्यवस्था मिलाएको छ । अस्पतालले १६ बेडको कोभिड डेडिकेटेड वार्ड संचालनमा ल्याएको हो । नन कोभिड प्यासेन्टको उपचार गरिरहँदा संक्रमित संख्या बढ्दै गएपछि कोभिड वार्ड बनाइएको अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले जानकारी दिए । यो सेवा विस्तारमात्रै हो, प्रवन्ध निर्देशक डा. थापाले दैनिक नेपालगन्जसँग भने, कोभिड–१९ को महामारी फैलिदै गएपछि २०७८ वैशाखको पहिलो सातादेखि नै ४ बेडको कोभिड वार्ड संचालन गरी कोभिडका संक्रमित बिरामीहरुलाई शल्यक्रिया सहितको उपचार सेवा दिदै आएका छौं ।

बुधबारदेखि कोभिड डेडिकेटेड वार्डको बेड थपेर १६ पुर्याइएको जानकारी दिंदै अस्पतालका प्रबन्ध निर्देशक डा. राहुल थापाले प्रेस नोट मार्फत दोस्रो भेरियन्टको कोरोना संक्रणको अबधिमा अस्पतालले अर्थोपेडिक र ट्रमा सम्बन्धी १३ वटा, जनरल सर्जरीका ३ वटा र प्रसुति तथा स्त्रीरोगसँग सम्बन्धित २ वटा गरी १८ जना संक्रमितलाई शल्यक्रिया सहितको उपचार सेवा दिएको जानकारी दिएका छन् ।
प्रबन्ध निर्देशक डा. थापाले कोभिड डेडिकेटेड वार्ड संचालनमा आएपछि संक्रमितलाई नेपालगन्जमै सहज रुपमा शल्यक्रिया सहितको गुणस्तरिय उपचार सेवा पाउन सहज हुने बिश्वास गरिएको बताए ।
डा. थापाका अनुसार, कोभिड डेडिकेटेड वार्ड संचालन भएपछि यस क्षेत्रका अर्थोपेडिक, ट्रमा, जनरल सर्जरी र प्रसुती तथा स्त्रीरोगसँग सम्बन्धित संक्रमितलाई शल्यक्रिया सहितको उपचार सेवा पाउन थप सहज हुने अपेक्षा गरिएको छ ।

वेष्टर्नमा अर्थोपेडिक र ट्रमा बिभागमा डा. बिनोद थापा, डा. किरन गुरुङ, डा. बसन्त सापकोटाले बिरामीहरुको उपचार गर्दै आएको अस्पतालले जनाएको छ । डा रुपानन्द अधिकारी, डा. प्रबिन गुप्ता र डा. धु्रब शाहले जनरल सर्जरी बिभागमा तथा स्त्री तथा प्रसुतिरोगसँग सम्बन्धित बिरामीहरुलाई डा.कल्पना थापा, एनेस्थेसिया र क्रिटिकल केयर सहितको उपचार डा. निर्मल ज्ञवाली र डा. पारस पाण्डेले गर्दै आएको अस्पतालले जनाएको छ।











