
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह स्थास्य सेवा प्रवेश गरेको ३५ बर्ष भैसकेको छ । अहेवबाट जागिर जीवन सुरु गरेको शाहसंग देशका बिकट भौगोलिक क्षेत्रका स्वास्थ्य सस्थामा रहेर काम गरेको अनुभव छ । कार्यालय प्रमुखको जिम्मेवारी निर्भाह गर्न थालेको १० बर्ष भैसकेको बताउने शाह ब्यवशायिक इमान्दारीता राख्ने कर्मचारीका रुपमा परिचित छन् । कोरोना रोकथाममा प्रभावकारी देखिएको कोरोना बिरुद्धको खोप सबै नागरिकको पहुँच योग्य बनाउनु पर्दछ भन्ने भनाई राख्ने शाह स्वास्थ्य कार्यालय बाँके प्रमुख रहेका शाह वरिष्ठ जनस्वास्थ्य प्रशासक दशै तहको पदमा कार्यरत हुनुहुन्छ । सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गरे कोरोना नियन्त्रण र रोकथाममा मद्धत पुग्ने शाह बताउनु हुन्छ ।
बाँके जिल्लामा कोरोना संक्रमण फैलिरहेका बेला समन्वय, सहकार्य र सहजिकरणको जिम्मेवारी बहन गर्ने जिम्मेवारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख हैसियतले स्थानिय तहले निमार्ण गरेका आईसोलेसन केन्द्र, अस्थायी कोभिड अस्पतालको अनुगमन गर्ने, आवश्यक सुझाव दिने, केन्द्रबाट प्राप्त नीति निर्देशन कार्यान्वयनमा मातहतका कार्यालयलाई सहजिकरण गर्ने लगायतका कार्य गर्दै आउनु भएको छ ।
बाँकेमा कोरोना संक्रमणको बढोत्तरी भएसंगै कोरोना रोकथान, नियन्त्रण र संक्रमित बिरामीको उपचारमा चुनौती थपिदै गएको सन्दर्भमा स्वास्थ्य कार्यालयको काम, कारवाही र भुमिका लगायतका बिषयको सेरोफेरोमा रहेर दैनिक नेपालगंजका लागी कानून पत्रकार समाज बाँकेका सचिव वसन्त गौतम गरेको कुराकानी

स्वास्थ्य कार्यालय बाँकेले मुख्य रुपमा के के काम गर्दछ ?
स्वास्थ्य कार्यालय बाँकेले मुख्य गरेर स्वास्थ्यको क्षेत्रमा समन्वय, सहजिकरण र सहकार्यको भुमिका खेल्दछ । जिल्ला संकट ब्यववस्थापन समितिको सदस्य भएको हैसियतले कार्यालयले कोरोना संक्रमणसंग सम्बन्धित सुचनाहरुको तथ्याङ्क संकलन गर्ने, त्यसको बिश्लेषण गर्ने प्रदेश र केन्द्रमा प्रतिवेदन पेश गर्ने काम गर्दछ । यस कार्यालयले स्वास्थ्य सम्बन्धी सरकारी निर्देशन पालनाका लागी सबै सरोकारवाला निकायसंग आवश्यक समन्वय र सहकार्य गर्दछ । कोरोना परिक्षणका लागी स्वाव संकलन र एन्टीजिन परिक्षणका लागी आवश्यक सहजिकरणको काम गर्दछ । कोरोना बिरुद्धको खोप लगायत अन्य नियमित खोप लगाउने ब्यवस्था मिलाउने काम गर्दछ । यसै गरि स्वास्थ्यसंग सम्बन्धित गोष्ठी तालिमका कामहरु पनि यस कार्यालयले गर्दै आईरहेको छ । कोरोना रोकथामको लागी जनचेतना फैलाउने, स्वास्थ्य मापदण्ड कार्यान्वयनमा सरोकारवालासंग समन्वय र सहकार्य गर्ने कार्य गरेको छ । स्थानिय तहसंग कोरोना रोकथाम नियन्त्रण र उपचारका कार्यमा समन्वय र सहयोग गर्ने काम गर्दछ ।
बाँकेमा हाल कोरोना संक्रमणको अवस्था कस्तो रहेको पाउनु भएको छ ?
बाँकेको कोरोना भाईरसको संक्रमण गत चैत्र २० गतेबाट अलि बढेकोमा बैशाख २४ गते पछि ह्रवात्तै बढेको अवस्था हो । अहिले कोरोना संक्रमण बृद्धिदर केहि स्थिर हो कि भन्ने अनुमान गरिएको छ । पहिले नै हामीले यो स्थिति आउन सक्छ भन्ने पुर्वतयारी गर्न नसक्दा अहिलेको स्थिति आएको हो । खुल्ला सिमाना, सर्वसाधारणले स्वास्थ्यका आवश्यक मापदण्ड पालना नगर्दा समुदायस्तरसम्म कोरोना फैलियो छ । राष्ट्रिय स्तरमा कोरोना संक्रमितको मृत्युदर १ दशमलव ६ प्रतिशत भएकोमा बाँकेमा २ दशमलव ५ प्रतिशत रहेको छ । यसले बाँके जिल्लामा कोरोना संक्रमितको मृत्युदर समग्र देशभरिमै बढी रहेको पाईएको छ । कोरोना संक्रमित बिरामीले बेड नपाउने, अस्पतालमा आवश्यक मात्रामा अक्सिजनको आपुर्ति हुन नसक्दा उपचारमा केहि समस्या भयो । अहिले बिस्तारै यसको समाधान हुदै गएको छ । प्रत्येक स्थानिय तहले आईसोलेसन केन्द्र निर्माण गरेका छन् । भेरी अस्पताल र मेडिकल कलेजमा ३ र अन्य स्थानिय तहले १७ गरि बाँकेमा २० वटा आईसोलेसन केन्द्र र अस्थायी कोभिड अस्पतालको निर्माण गरिएको छ । स्थानिय तहले निर्माण गरेका आईसोलेसन केन्द्रका कारण बिरामीले तत्काल गाउँठाउँमै प्राथमिक उपचार पाउन सक्ने वातावरण बनेको छ ।
तपाईले कोरोना संक्रमित बिरामीको उपचार गरेका अस्पताल आईसोलेन केन्द्र र अस्थायी कोभिड अस्पतालको अनुगमन गर्नु भएको छ कस्तो अवस्था पाउनु भएको छ ? ति आइसोलेसन केन्द्रहरुले मापदण्ड अनुसार काम गरेका छन् छैनन ?
अस्पताल र आईसोलेसनले क्षमता अनुसार काम गरेका छन् । बाँकेका सबै स्थानिय तहले अक्सिजनको ब्यवस्था सहित आईसोलेसन केन्द्र स्थापना गरेका छन् । जसले गर्दा बिरामीले आफ्नै गाउँठाउँमा उपचार गर्न पाएका पाएका छन् । ठुला अस्पतालमा बस्न नचाहने र वेड बिरामीको उपचारको ब्यवस्थापन मिलाएका छन् । आलोपालो स्वास्थ्यकर्मी ब्यवस्थापन मिलाएका छन् । उपलब्ध औषधी प्रदान गरेका छन् । धेरै जसो आईसोलेन केन्द्रले बिरामीलाई खाना र खानेपानीको ब्यवस्था मिलाएका छन् । धेरै बिरामीहरु त्यहिबाट निको भएर घर गएका छन् । होम आईसोलेनको जान चाहने बिरामीलाई काउन्सिलिङ्ग गरेर घर पठाएका छन् । जुन सकारात्मक कुरा हो ।
तपाईले माथीका सकारात्मक कुरा गरिरहदा कतिपय आईसोलेसन केन्द्रले स्वास्थ्य मापदण्ड पालना नगरेका कुराहरु पनि बाहिर आईरहेका छन् । सुधारका पक्षहरु के के देख्नु हुन्छ ?
अस्पताल र आईसोलेसन केन्द्रले संक्रमित बिरामीका लागी राम्रो काम गर्दा गर्दै पनि केहि सुधार गर्नु पर्ने पक्षहरु देखिएका छन् । जस्तो संक्रमित बिरामीलाई भेट्न आउने भिजिटरको ब्यवस्थापन गर्न नसक्दा कोरोना संक्रमण फैलिने खतरा देखिएको छ । एउटै बिरामीलाई भेट्न ३/४ जना आउने र उनीहरु बिरामीसंग संसर्ग भै बाहिर निर्वाह हिडडुल गर्नाले उनीहरुबाट संक्रमण फैलिने खतरा छ भने उपचारमा पनि अस्पताललाई अप्ठारो परिरहेको छ । अनुगमन गरिएका अधिकांश स्थानमा शौचालय र सरसफाईमा ध्यति ध्यान दिएको नपाईएकाले यसमा सुधार हुनु पर्ने देखिएको छ । एउटै कोठामा महिला पुरुष संक्रमितलाई राखिएको छ, लैंगिक सवाललाई त्यति ध्यान दिईएको छैन । यस्ता कुरामा ध्यान पु¥याउनु पर्दछ । कतिपय आईसोलेसन केन्द्रमा वाथरुम छैनन, त्यसको ब्यवस्थापन गरिनु पर्दछ ।

त्यसै गरि कोभिड संक्रमित बिरामीले पाउने सरकारी सेवामा पनि एकरुपता छैन । कतै बिरामीको लागी सबै औषधीको उपलब्ध गरार्ईएको छ, खानेपानी, खानाको ब्यवस्था मिलाईएको छ भने कतै यो सुबिधा बिरामीले पाएको देखिएन । सरकारी सेवा सुबिधा बारे बिरामीलाई राम्ररी जानकारी गराएको देखिएन । सरकारी सेवा सुबिधा बारे बिरामीलाई समयमै पारदर्शि तरिकाले जानकारी गराउनु पर्दछ ।
अन्तमा कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन के पर्छ जस्तो लाग्छ ?
अहिले पनि आमनागरिहरु सचेत भएको पाईदैन । गाउँवस्तीमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिदैन । अनावश्यक रुपमा यताउता हिड्ने प्रबृत्तिले कोरोना फैलिने जोखिन छ । स्वास्थ्य पालना र सचेतिकरणमा सबै गंभिर बन्नु पर्दछ । भिडभाड, जमघट कम गर्ने भौतिक दुरी कायम राखेर स्वास्थ्य सतर्कता सबैले पालना गर्नु पर्दछ । कोरोना रोकथाममा प्रभावकारी देखिएको कोरोना बिरुद्धको खोप सबै नागरिकको पहुचयोग्य बनाउनु पर्दछ । कोरोना रोकथाम नियन्त्रण र उपचारमा अग्र पङ्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी उच्च बनोवलका साथ काम गर्ने वातावरण मिलाउनु पर्दछ । सार्वजनिक ओहोदामा रहेका पदाधिकारी कोरोना रोकथाम र उपचारमा राजनैतिक नेतृत्व लागेको नदेखिएकोले राजनैतिक दल यस कार्यमा जिम्मेवारीका साथ कार्य गर्नु पर्दछ । सबैले स्वास्थ्य उपचार र बाँच्न पाउने वातावरण बनाउन सबै लाग्नु पर्दछ । प्राप्त श्रोत साधनको ब्यवस्थित पारदर्शि तरिकाले परिचालन गर्नु पर्दछ । सरकारले लागु गरेका स्वास्थ्य मापदण्डको सबैले पालना गर्नु पर्दछ । पैसा तिर्न असक्षम निम्न बर्गका नागरिकको निशुल्क स्वास्थ्य उपचारको ब्यवस्था मिलाउनु पर्दछ । कारोना रोकथाम, नियन्त्रण र उपचारमा सबै सरोकारवाला बिच आपसी समन्वय र सहकार्यलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याईनु पर्दछ । यसो गर्न सकियो भने कोरोना रोकथाम, नियन्त्रण र स्वास्थ्य उपचार प्रभावकारी बन्न सक्दछ ।