आइसोलेसनमा मापदण्ड पुर्याउ

स्थानीय तहका आइसोलेनमा असमान सुबिधा, मापदण्ड अनुसार संचालन हुनु पर्नेमा अनुगमन समितिले जोड दिएको हो


स्थानीय तहले निर्माण गरेका आइसोलेसन सेन्टरमा कोरोना संक्रमित बिरामीहरुको लागी असमान सुबिधा रहेको पाइएको छ । एउटै पालिका कुनै स्थापना गरिएको आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमित बिरामीलाई औषधी र खानपानको ब्यवस्था मिलाईएको छ । भने, कुनैमा सो सुबिधा दिएको नपाइएको अनुगमनमा पुगेका अधिकारकर्मी वसन्त गौतमले जानकारी दिए ।
बिरामीलाई स्थानीय तहले असमान सुबिधा दिएको भए पनि आफ्नै गाउँठाउँमा अक्सिजन सहितको आइसोलेसन सेन्टरको निर्माणले आफुहरुलाई सजिलो भएको बिरामीहरुले बताएका छन् ।
स्थानीय तहले खोलेका आईसोलेसन र कोभिड अस्थायी अस्पतालको अवस्था बारे बुझ्न जनस्वासथ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाह र अधिकारकर्मी वसन्त गौतम समेतको टोलीले खजुरा र बैजनाथ गाउँपालिका क्षेत्रका बिभिन्न आईसोलेसन र अस्थायी कोभिड अस्पतालको स्थलगत अनुगमन गरेको थियो ।


अनुगमनका क्रममा संक्रमित बिरामले स्वास्थ्यकर्मीको ब्यवहार र हेरचाह राम्रो रहेका बताएका थिए । अनुगमनका क्रममा आईसोलेन सेन्टरमा रहेका बिरामीले सामान्य खालका औषधी बाहेक अन्य आफैले किन्नु परेको बताएको अनुगमन पुगेका गौतमले बताए । राधापुर स्थित स्वास्थ्य चौकीमा बनाइएको आइसोलेसन सेन्टरमा हाल ४ जना पुरुष र १ महिला रहेका छन् । त्यहाँ एच.ए. दिपक ढकाल सिअनमी रन्जना घर्तिको प्रत्यक्ष निगरानीमा कोरोना संक्रमित बिरामीको उपचार भैरहेको छ । उक्त सेन्टरमा एक दिन बिराएर डा. मधु अर्याल आउने बिरामीहरुले बताए । उक्त केन्द्रमा बाथरुम छैन भने एउटै ट्वाईलेट रहेको छ । त्यहाँ २ जना बिरामीलाई अक्सिजन दिईएको छ ।
यसै गरि खजुरा स्थित जनक शिक्षा सामग्री केन्द्रमा १ महिला सहित ४ जना रहेका छन । उक्त स्थानमा बिरामीलाई खाना, पानी समेतको सेन्टरले नै ब्यवस्था छ । सामान्य औषधी दिईन्छ भने एन्टीवायोटिक महङ्गा औषधी बिरामीलाई किन्न लगाएको छ । त्यँहा २ वटा ट्वाईलेट र वाथरुमको ब्यवस्था रहेको । त्यहाँ महिला पुरुष संक्रमित बिरामीलाई एउटै हलमा राखिएको अनुगमन टोलीले जनाएको छ । त्यहाँ डा. पुजा सुनार र कृष्ण आचार्यको निगरानीमा बिरामीको उपचार हुने गरेको छ । त्यहाँका बिरामीको ल्याव टेष्ट र एक्सरे गर्नु परेका खजुरा स्थित क्यान्सर अस्पतालमा लग्ने गरेको सिनियर अहेव सुदिप पौडेलले जानकारी दिए । त्यहाँ रहेका बिरामीले स्वास्थ्यकर्मीले राम्रो हेरचाह र ब्यवहार गरेको प्रतिक्रिया दिएका थिए ।


त्यसैगरि, बैजनाथ गाउँपालिकाको बनकटवामा निर्माण गरिएको कोभिड १९ अस्थायी अस्पतालमा १ महिला सहित ३ जना कोभिड संक्रमित बिरामी रहेका छन् । गत बैशाख १२ गतेबाट संचालनमा ल्याईएको उक्त अस्थायी कोभिड अस्पतालमा । उनीहरुका लागी पनि खानपानको ब्यवस्था मिलाईएको छ । यहाँ भर्ना भएका २ जनालाई सिलिण्डर मार्फत अक्सिजन दिईएको छ । यो अस्थायी अस्पतालमा २० वटा वेडको ब्यवस्थापन मिलाईएको डा. प्रदिप चौधरीले जानकारी दिए ।
अनुगमनमा संक्रमितका लागी स्वास्थ्य उपचार प्रक्रिया राम्रै रहेको पाईए पनि शौचालयको समुचित ब्यवस्थापन, सरसफाई, लैगिक सवाललाई त्यति ध्यान दिएको नपाईएकाले यी पक्षमा सुधार गर्न अनुरोध गरिएको गौतमले बताए । सरकारले कोरोना संक्रमित बिरामीको निशुल्क ब्यवस्था मिलाएको बताएता पनि सबैले यो सुबिधा पाउन सकेका छैनन । कुनै स्थानीय तहले बिरामीको उपचार र खाना समेत ब्यवस्था मिलाएका छन् भने कुनैले यो सुबिधा दिएका छैनन् ।

प्रतिक्रिया

प्रतिक्रिया