जिल्ला प्रशासन कार्यालय बाँकेले लगाएको निषेधाज्ञा थप एक साता लम्ब्याउने निर्णय गरेको छ । आज जेठ ३ गते राती १२ बजेबाट सकिने निषेधाज्ञाको अवधी आगामी जेष्ठ १० गते राती १२ बजेसम्मका लागि थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी गराएका छन् ।
कोरोना संक्रमणको अवस्था विश्लेषण गर्दै बाँके प्रशासनले थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
( तल हेर्नुस् आदेश) निषेधाज्ञा फितलो भएको भन्दै फिर्ता लिन वा कडाइ गर्न दबाब आइरहँदा भएको प्रजिअको निर्णय कार्यान्वयनले कतिको प्रभावकारिता देखिन्छ हुर्न बाँकीनै छ ।
कोरोना भाइरस संक्रमण तिब्र रुपमा फैलिएपछि बाँके प्रशासनले यसको रोकथाम र नियन्त्रणका लागि गएको बैशाख १३ गतेदेखि बाँकेमा एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको थियो । त्यसअघि नेपालगन्ज उपमहानगरपालिकाभित्र ९ गतेदेखिनै र १३ गतेदेखि त्यसपछि हप्ता हप्ता दिन थप गर्दै जेष्ठ दश गतेसम्म पुर्याइएको हो ।



बाँकेमा थप एक साता निषेधाज्ञा बढाउने तयारी