महामारीमा प्यास बुझाउन पानी बैंक


कोरोना संक्रमणपछि सहजै शुद्ध पानी पिउन समस्या हुनेहरुका लागि नेपालगन्जका अगुवा व्यापारी ललित रौनियारले पानी बैंकको अवधारणालाई कार्यान्वयनमा ल्याएका छन् ।


विभिन्न व्यक्ति तथा संस्थासंगको समन्वय र सहयोगमा संकलन गरिएको पानी रौनियारले निषेधाज्ञासँगै खटिएका सुरक्षाकर्मीहरुलाई वितरणबाट अवधारणा कार्यान्वयनमा ल्याएका हुन् ।
अहिले पानी बितरण कार्यक्रमलाई अन्जनी माता रसोई (जसले भेरी अस्पतालमा २० रुपियाँ मा खान खुवाइ रहेको छ )मार्फत अस्पतालमा भर्ना भएका कोबिड बिरामीहरुलाई तथा नेपालगन्ज उप महानगर पालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रहरुमा उपचाररत बिरामीहरुलाई उपलब्ध गराउन थालिएको रौनियारले जानकारी दिए ।
कोरोना अवधिभर पानी बैंक सञ्चालनको योजना सुनाउँदै रौनियारले दैनिक नेपालगन्जसँग भने, दैनिक ज्यालादारी गरेर छाक टार्नेहरुका लागि तत्कालका लागि केहि मात्रामा भए पनि खाद्यान्न सहयोगको योजना बनाइरहेका छौं । त्यसका लागि राजकुमार रौनियार, मंगल जीएम, मदनराज शर्मा लगायतका युवा सक्रिय भइसकेको उनले जानकारी दिए ।
पानी बैंकका लागि २० देखि ५ सय पेटी पानी सम्मको सहयोग जुटिरहेको छ । उमेश रौनियार, पंकज रौनियारले ५ सय पेटीका दरले पानी उपलब्ध गराएको पानी बैंकमा विभिन्न व्यक्तिहरुबाट सहयोग जुट्ने र वितरणको काम भइरहेको रौनियारले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया