कोरोना कहरः थपिए नौ हजार बढी, मृत्यु १६८

मुलुकभर पछिल्लो २४ घण्टामा ९३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६२ पीसीआर र ४२४ एन्टिजेन परीक्षणमा ९३०५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ ।
बुधवार स्वास्थ्य मन्त्रालयले गत हप्ताको तुलनामा नेपालमा झण्डै ५१ प्रतिशतले कोरोना संक्रमितको संख्यामा वृद्धि भएको बताएको छ।

नेपाल र भारतको तुलना गर्ने हो भने नेपालमा यो हप्ता प्रति १० लाख जनसङख्यामा ३०४ प्रति र भारतमा २४० प्रति संक्रमित थपिएका छन्। यसैगरी नेपालमा प्रति दश लाख व्यक्तिमा ३.३ प्रति व्यक्तिको मृत्यु भएको र भारतमा २.५ प्रति व्यक्तिको मृत्यु भएको छ।
मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा इपिडिमियोलोजी डा.अर्चना श्रेष्ठले विगतको हप्ताको तुलनामा यो हप्ता पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा नै भएको बताएकी छन्। मन्त्रालयका अनुसार नेपाल र भारतको कोभिड पोजेटिभ दर तुलनात्मक रुपमा हेर्ने हो भने पनि नेपालमा भारत भन्दा झण्डै दोब्बर पोजेटिभिटी दर देखिएको छ। डा.श्रेष्ठका अनुसार नेपालमा ४५.१ प्रतिशत र भारतमा २२.६ प्रतिशत पोजेटिभिटी दर देखिएको छ।

डा.श्रेष्ठका अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा १११ प्रतिशतले संक्रमित थपिएका हुन्। यसैगरी प्रदेश २ मा १७७, सुदुरपश्चिममा ७६, कर्णालीमा ७९, लुम्बिनीमा १९, बागमतीमा ५२ र प्रदेश १ मा ७१ प्रतिशतले संक्रमितको संख्या बढेको छ।

प्रतिक्रिया

प्रतिक्रिया