क्यान्सरलाई ननकोभिडको वैकल्पिक अस्पताल प्रस्ताव

बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले कोरोना संक्रमणको जोखिम बढिरहँदा आवश्यक ननकोभिडका लागि आफुलाई बैकल्पिक बनाउन प्रस्ताव गरेको छ । पश्चिम नेपालकै ठुलो सरकारी अस्पताल, भेरी अस्पताललाई कोभिड संक्रमितहरुको उपचारमा केन्द्रीत गरिएपछि क्यान्सर अस्पताललाई त्यसको बैकल्पिक ननकोभिड अस्पतालका रुपमा विकल्प दिन सकिने प्रस्ताव गरेको हो ।
अस्पतालका निर्देशक डा. कृष्ण आचार्यले ननकोभिड बिरामीहरूका लागि अहिलेपनि विकल्प अस्पतालका रुपमा काम भइरहेको जानकारी दिंदै सबै सर्जिकल सुविधाहरु खजुराबाट दिन सकिने बताए । यसैसाता ७ वर्षीया बालिकाको एपेन्डिक्स फुटेर गम्भीर अवस्थामा सफल सल्यक्रिया गरिएको जानकारी दिंदै डा. आचार्यले दैनिक नेपालगन्जसँग भने, कोभिड कहरका बेला ननकोभिड उपचारका लागि हामी तयार छौं । एपेन्डिक्स फुटेर सिकिस्त विरामी भइ उपचार गर्ने अस्पताल नपाइरहेको अवस्थामा खजुरा क्यान्सर अस्पतालले भर्ना गरी सफल अपरेसन गरेको थियो छौँ ।
मौषमसँगै सर्पदंशको प्रकोपलाई फैलने सम्भावना बाँके बर्दियाको समस्या हो । सर्पदंशका विरामीहरूको पनि उपचारका लागि हामी तयार छौँ, आफैपनि सर्पदंशको उपचारमा यसअघि क्रियाशील डा. आचार्यले भने, यसका लागि हाम्रो अस्पताल उचित विकल्प हुन सक्छ । क्यान्सरमा भेन्टिलेटर, आइसियु लगायतका सुविधाहरु सबै उपलब्ध भएकाले सर्पदंशका गम्भीर बिरामीको उपचारमा सहजता हुने डा. आचार्यले बताए ।

प्रतिक्रिया

प्रतिक्रिया