म्याद नाघेका खाद्य बस्तु नष्ट


संयुक्त बजार अनुगमन समिति बाँकेले म्याज नाघेका गुणस्तरहित खाद्य बस्तु नेपालगन्जको खजुरा रोडमा रहेको शुभ राइस मिलबाट १६ बोरा चना, १४ बोरा मासको दाल र ४ बोरा मुङ्गको दाल नष्ट गरेको छ ।
अनुगमनका क्रममा ढुसी परेका दाल चना भेटिएपछि जफत गरेर ब्यवशायीकै रोहवरमा एक लाख दुई हजार मुल्य बरावरको पनि खाद्य बस्तु नष्ट गरिएको अनुगमन संलग्न उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
उक्त बस्तु उपभोग्य मिति समाप्त भएकाले खाल्डो खनेर नष्ट गरिएको बजार अनुगमन टोलीले जनाएको छ । संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशाकिय अधिकृत हरिश चन्द्र शर्मा, औषधी व्यवस्था बिभाग नेपालगन्जका धनिबहादुर बोहरा, लोकेश गिरी, उपभोक्ता हित संरक्षण मंचका बाँके अध्यक्ष अधिवक्ता बसन्त गौतम, बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय नेपालगन्जका प्रमुख कृष्ण प्रसाद पौड्याल, सोही कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंजका खाद्य निरिक्षक प्रेम अर्याल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया