संयुक्त बजार अनुगमन टोलीले कोरोना संक्रमितलाई लगाईने रेम्डिसिभियर इन्जेक्सन बिल नकाटेर बिक्रि गरेको आरोपमा नेपालगंजको एक फार्मेसीलाई दुई लाख जरिवाना गरेको छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजको परिसर भित्र रहेको गौतम बुद्ध नेपालगंज फार्मेसी प्रा.लि.नेपालगंजले फार्मेसीमा आएको रेम्डिसिभियर इन्जेक्सनको बिक्रि र मौजाद अवस्था चेकजाँच गर्दा २१ भाईल इन्सेक्सनको बिक्रि बितरण कुनै रेडर्क नभेटिए पनि अनुगमन टोलीले कारवाही गरेको जनाएको छ ।
नेपालगन्ज मेडिकल कलेज भित्र सन्चालित “गौतम बुद्ध नेपालगन्ज फार्मेसी प्रा. लि.“ मा चैत्र र बैशाख महिनामा गरि जम्मा ७०७ भाइल रेम्डिसिभिर इन्जेक्सन आएकोमा त्यसमध्ये ३६६ कोहलपुर शिक्षण अस्पतालमा रहेको फार्मेसीमा पठाइएको, २५८ भाइल, इन्जेक्सन नेपालगंजबाट बिक्री गरिएका देखिएकोे, ५१ भाइल हस्पिटल र फार्मेसी स्टाफहरुलाई दिइएको, ११ भाईल स्टक रहेको देखिएको देखिएको थियो । तर २१ भाइल रेम्डिसिभिर इन्जेक्सन बिना बिल बिक्री वितरण गरेको पाइएकोले अनुगमन टोलीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) ञ को कसुर गरेकोमा सोही ऐनको दफा ३९(१) ख बमोजिम २ लाख जरिवाना गरिएको बाणिज्य आपुर्ति तथा उपभोक्ता ंसंरक्षण कार्यालय नेपालगंजका प्रमुख कृष्ण प्रसाद पौड्यालले जानकारी दिए ।
कोभिड संक्रमितको उपचार अस्पतालका चिकित्सकको सल्लाहमा बिक्रि गर्न पाईने रेम्डिसिभिर इन्जेक्सनको बजारमा कालो बजारी गरी उपभोक्ता ठगि गरेको गुनासोका आधारमा नेपालगंज र कोहलपुरमा रहेका फार्मेसीहरुको अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्चका बाँके अध्यक्ष अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
अनुगमनका क्रममा गौतमबुद्ध फार्मेसीले कतिपय बिलमा मिति उल्लेख नगरेको, एकै बिलमा ५ भाइलसम्म रेम्डिसिभियर इन्जेक्सन बेचेको पाईएको अनुगमन जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकिय अधिकृत शरिशचन्द्र शर्माले जानकारी दिए ।
अगामि दिनमा कुनै पनि औषधी बिक्रि बितरण गर्दा पारदर्शी तरिकाले बिल काटेर मात्र बिक्री गर्न अनुगमन टोलीले उक्त फार्मेसीलाई सुझाव समेत दिएको छ ।
संयुक्त बजार अनुगमन टोलीमा बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगंजका प्रमुख कष्ण प्रसाद पौड्याल, जिल्ला प्रशासन कार्यालयका प्रशाकिय अधिकृत हरिश चन्द्र शर्मा, उपभोक्ता हित संरक्षण मंचका बाँके अध्यक्ष अधिवक्ता बसन्त गौतम, औषधी व्यवस्था बिभाग नेपालगन्जका धनि बहादुर बोहरा र लोकेश गिरी, बाणिज्य आपुर्ति तथा उपभोक्त संरक्षण कार्यालय नेपालगन्जका सुचना अधिकारी देवीलाल चौलागाई, वडा प्रहरी कार्यालय नेपालगन्ज प्रहरी निरीक्षक डिल्लीबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।
उक्त रेम्डिसिभियर इन्जेक्सनको बजार मुल्य प्रति १ भाईल ५ हजार १ सय रहेकोको कालो बजारी गरि नेपालगंजमा बिभिन्न औषधी पसलले ३० हजारसम्म मा बिक्री भइरहेको उपभोक्ताको गुनासो रहेको छ ।
कोरोना कहरमा कोरोना संक्रमितलाई लगाईने “रेम्डिसिभिएर“ इन्जेक्सनको कालो बजारी भैरहेको भन्ने जनगुनासो आएकोले वास्तविकता बुझ्न र अनुचित ब्यापारिक क्रियाकलाप गर्ने उपर कडा कारवाही गरिने अनुगमन टोलीले जनाएको छ ।