संक्रमण रोकथाम र नियन्त्रणमा उपप्रमुखको सक्रियता

कोरोना रोकथाम र नियन्त्रणका लागि नेपालगन्जमा वडा कार्यालयहरुको सक्रियता बढेको छ । उप–महानगरपालिकासँगै वडा कार्यालयले समेत रचनात्मक कार्यक्रम गरिरहेको उपप्रमुख उमा थापा मगरले जानकारी दिएकी छन् । उपप्रमुख मगरका अनुसार, वडा नम्बर १ र १८ ले चिकित्सक सहित कोभिड संक्रमित विरामीहरुलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार तथा परामर्श सेवा दिएका छन् ।

दोस्रो पटक संक्रमणमा परेर अक्सिजन लेभल कम भएपछि अस्पतालमा भर्ना भएका भेरी अस्पताल विकास समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको स्वास्थ्य अवस्थाबारे सोमवार जानकारी लिंदै उप प्रमुख उमा थापामगर

वडा नम्बर १३ र १४ मा समेत चिकित्सक सहित कोभिड संक्रमितलाई घरदैलोमै पुगेर सेवा दिइएको छ । वडा नम्बर ३ र ७ मा सेनिटाईजर गरिएको छ । वडा नम्बर २ ले स्वास्थ्यकर्मी माग गरेको छ । उपमहानगरका अनुसार, केहीदिनमै स्वास्थ्यकर्मी सहित घरदैलो कार्यक्रम गरिने भएको छ ।

सामुदायिक सुधार केन्द्रका अध्यक्ष दिपेन्द्र कुमार जोशीको स्वास्थ्य अवस्थाबारे सोमवार जानकारी लिंदै उप प्रमुख उमा थापामगर । गम्भीर स्वास्थ्य अवस्थामा भेरी अस्पताल पुगेका उनको स्वास्थ्यमा निकै सुधार आइरहेको जोशीले दैनिक नेपालगन्जसँग भने ।


संक्रमण नियन्त्रण र रोकथामका लागि उपप्रमुख उमा थापामगरको सक्रियता सोमवार पनि उत्तिकै रह्यो । उनी भेरी अस्पतालका कोरोना वार्ड, बेडमैं पुगेर विरामीहरुको अवस्था जानकारी लिइन् । बिरामीको मनोबल बढाउन पनि मेरो भेटघाटलाई निरन्तरता दिइरहेको छु, उपप्रमुख थापामगरले दैनिक नेपालगन्जसँग भनिन्, स्थानीय सरकारको हिसाबले सक्दो प्रयास भइरहेको छ ।
(यसबारे दैनिक नेपालगन्ज पत्रिकासँग उपप्रमुख उमा थापामगरले गरेको कुराकानी)

प्रतिक्रिया

प्रतिक्रिया