बाँकेमा कोरोना कहरले विश्राम लिने संकेत दिइरहेको छैन । मृत्युदरसँगै संक्रमणको चाप कम नहुँदा स्थानीय प्रशासनले फेरिपनि जेष्ठ ३ गते मध्यरातसम्मका लागि निषेधाज्ञा थप गरेको छ । (हेर्नुस् प्रशासनको आदेश)

यसबीच पनि पछिल्लो २४ घण्टा बाँकेमा ५७१ जनामा संक्रमण फेला परेको छ । डिसिसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीले सोमवार अपरान्ह दिएको जानकारी अनुसार, ११ सय ७ जनाको जाँच गरिएकोमा पोजेटिभ ८४३ मध्ये २५० महिलासहित ५७१ जनामा संक्रमण पुष्टि भएको हो । बाँकी जिल्ला बाहिरका बिरामी हुन् । (हेर्नुस् रिपोर्ट)
