विचार

कोरोनाले सामान्य मात्रै हैन ठूलेलाई पनि छोडेन् । विज्ञानमार्गी त छदैछन् धार्मिकजन पनि शिकार भए । जीवन र मृत्युवारे, धर्म र विज्ञानवारे, अस्पताल र धार्मिकथलो (मन्दिर, मस्जिद, चर्च गुम्वा,सेनेगाँग) बारेपनि मान्छे सोच्न वाध्य भयो । भगवान, इश्वर, गड, अल्लाहा, रवीसवै दुखका बेला अलप भए । डाक्टर र स्वस्थकर्मी मोर्चामा खटे । यसलेखमा भने सुदखोरहरु मर्नेबारे, कोरानोबारे के सोच्दा हुन् ? आजै एउटा नेपालगन्जिया नामुद सुदखोरसंग लामो कुराकानी भयो । जव राष्ट्रिय राजनीतिको खसखस लाग्छ तव ऊ मलाई फुन गर्छ । सवै ध्वस्त भए, अपराधी भए भनेर सरप्न थाल्छ । पैसाका लागि जे पनि जायज हुन्छ भन्ने सोचको मनुवाले माहाधनाढ्य विल गेट्स दम्पतीको डिभोर्षमा आश्चर्य मान्यो । मानविय संवेदना र धानाढ्य समाजमा धन दौलत, प्रचारले मात्रै सन्तोष दिंदो रहेनछ । खुशी वेचेर सुख खोज्ने हाम्रो समाजमा गेट्स दम्पत्तीको छोडपत्र वा रिलायन्सका उपाध्यक्ष रहिसकेका प्रकाश शाह अब जैन मुनी बनेर भिक्षाटनमा जीवन गाजार्नेेसुन्दा माहासुदखोर अच्चमति भयो । कात्रोमा कमिसन खाए बराबर थियो, भ्याक्सिनमा कमिसन खाने । भ्यक्सिन दलालपक्षमा लविंग गर्नेलाई मुर्दावाद भन्न भने सकेनन् ।

चर्चा सुदखोरकै, थलो नेपालगंज
आपत् परेपछि मान्छे पहिला उम्कने उपाय खोज्छ । नसकेपछि आत्मा समर्पण गर्छ । आफैँ त मर्न तयार हुँनसक्छ तर बोक्रे इज्जत बचाउन, झन प्रगतिकालागी वा सन्तान मातापिता बचाउन झुक्न तयार हुन्छ । दास, गुलाम वा चाकर बन्न पनि सक्छ । आपत विपत परेपछि रिण लिनथाल्छ । तर, रिणले उस्लाई, परिवारलाई क्रमशः ध्वस्तै गर्दै जान्छ । कस्लाइ के, कस्तो समस्या परेको छ र कति ऊ कमजोर बनेको छ भनेर सुदखोर शिकारी वाजझै नियालिरहका हुन्छन् । पासो थापीरहेका हुन्छन् । समस्यालाई उद्दार गर्ने भगवानझै चारो हालेर शिकारसामु देखापर्छन् । कद बढा वा पद बढा, मुसिवत के समय जो सामने आवे वह बढा भनेर सुदखोरको जालमा फस्दै जान्छ ।

अज्ञानता, आवस्यकताले मानिसहरु ब्याजेका बल्छीमा पर्छन र जिन्दगी उनैकालागी खर्चिन्छन । अझ उग्र धनप्यासाका महत्वकाक्षाले सुदखोरको पासोमा पार्नु स्वभाविक हुन्छ । सामान्यजन ब्यापारबाट अरु धनाढ्य भएको देख्छन् । ब्यापार नयाँपेशा बनाउन चाहान्छन् । तर, उनीहरुसंग ब्यापारी कला र ब्यबस्थापन क्षमता भने हुँदैन् । अभ्यास गर्दागर्दै पुँजी रितिन्छ । ब्यापार फैलिन्छ, बजारको माग झन बढछ । मुलपुँजीले पुग्दैन् । तव ब्यपार बढाउ रिण लिनथाल्छन । अथवा घर ब्यबहारले चापेपछि वा जोरीपारीलाई तुजुग देखाउन पनि रिण लिने धेरै देखिन्छन । मैले पनि ब्याँक र निजी रिण लिएको थिँए । पैशा त तिरीँ तर अरिणी कहिल्यै बन्न सकिन । मेरा साहुका बभ्mनै नसक्ने तर्क हुन्थे । उनको आतंक र क्यालकुलेटर अझै सपनामा तर्साउछ । तिगुना पैसादिँदा पनि उनको क्यालकुलेटरल भूक्तानी भएको देखाँउदैनथ्यो । त्यो कहिल्यै नभरिने सोली झै थियो । रिणको विशेषता भनेकै सुत्दा पनि ब्याज दौडिरहने । रिण र च्युरा खानु एउटै हो । खाँदा धेरै मिठो हुन्छ, पछि ढाडिन्छ । सफल ब्यापारीले बैङ्ककसंग रिण लिन्छन् । बैङ्क त अझ निर्मम सुदखोर हो । उसले सत्ता पनि चलाइरहेको हुन्छ । घाँटी हेरेर हाडनिल्ने भन्दापनि अझ छिटै सम्पन्नहुँने महत्वकाक्षाले मान्छे रिणमा फस्दै जान्छन् । सफलताको कथा त धेरै देखिन्छन् तर कोही टाट पल्टिन्छन भने कोही रिण पचाउन गणेश हिमाल राइस मिलका पदम अग्रवाल र शान्ताबाबु वा जय भवानी राइसमिलका श्रीनिवास झै अर्कै पौड्याल नाममा फर्म दर्ता गरेरै देशैबाट पलायन हुन्छ ।


अहिले भारतीय सत्ताको आडबलमै भारतीय ब्यापारी मोहल चोक्सी र मदिराबादशाह विजय माल्याको अवस्था देख्न सकिन्छ । भरतीय सत्ताले ३ हजार करोड अग्रिमभुक्तान गरेको र नेपालले पनि भ्याक्सिनको ८० प्रतसित भुक्तान गरेको सिरम इन्सिच्यट मालिक अदार पूनेवाला भारतबाट बेलायत भाग्यो । आज नेपाली धनाढ्य, टाइकुनहरुले वैङ्क र राजनीतिज्ञलाई कसरी प्रयोग गरेका छन् नियाल्न सकिन्छ । तर, ब्यापारी बिग्रिएको र फर्सी कुहिएको पत्तै हुँदैन् । संसारका साहुकार र सुदखोरको चरित्र भने एउटै हुन्छ । अझ नवधनाढ्यलाई धर्य हुँदैन् ऊ धनी बन्ने हतारमा हुन्छ । त्यसपछाडि विभत्स लुकेका, छिपेका कथा कालान्तरमा भने सार्वजनिक हुँदैजान्छन् ।
हरेक सफलतापछि लगन, धर्य, निरन्तर सकृयता आवस्यक हुन्छ । लक्षप्रतिको निष्ठा, एकाग्रता र समर्पणले मान्छेलाई सफल बनाँउछ । सफल मानिसहरु पुरानै तरिका र अभ्यासले गन्तब्यमा पुग्न नसक्ने छाँटकाँट देखेपछि अन्यबाटो छान्छन् । एउटा उदेश्यमा हाँकिएको मान्छे अर्को विषयमा पुगेर सफल बनेका अनेकौ उदाहरण छन् । तर, हरेक नवधनाढ्यका आफना र पुर्खाका विभत्स कथा हुन्छन् । म प्रकाशमा नआएका तर अन्डर करेण्ट रहेका केही विभत्स नेपालगन्जीया सुदखोरका कार्पेटमुनीका कथा अव क्रमशः कहन जाँदैछु ।


म मिटरव्याजीको कुरा गर्दैछैन्, अझ घरजग्गा दृष्टिबन्धक गराएर लगानी गर्ने साहुकारको पनि कुरा गर्दैछैन् । बगलीमा पैसा नभै जमिनमा सम्पति भएकालाई शिकारको नजर साहुकारको हुन्थ्यो । आसामीका कमजोरीमा, महत्वकाक्षामा अथवा उनलाई नवधनाढ्यको सपना देखाएर पासो फसाँउछन । तव आसामी कुनबेला फसेर कंगाल भैँ भन्नेकुरा रक्सी उत्रिएको जड्याहालाई पत्तो पाएझै हुन्थ्यो । बाँके बर्दियामा यस्ता विभत्स कथाब्थाथा अनेकौँ छन् । ती कालान्तरमा विद्रोही बनेर बदला लिएका घटनाको जानिफकार पनि यो कलमकार हो । केही अभिजात भने उनीहरुको शोषण गर्ने पैत्रिक अधिकार सोच्दथे, अझै सोच्छन पनि ।


उल्लेखित प्रबृति चारैतर्फ देखिन्छ् । म अहिले भने एक सुदखोरको कथा कहदै समाजसंग बात मार्छु । ऊ गुण्डा र अपराधीको सुरक्षामा रहन्थ्यो । कहीँकतै समस्या परे प्रयोग गथ्र्यो । प्रशासन र राजनीति पार्टीमा पनि राम्रै पहुँच थियो । वैंकसंग मिलेमतोले सस्तैमा लिलाम स्वीकार गथ्र्यो पनि । नेपालगंजमा ४३÷४४देखी ढुकुटीप्रथा सुरु भयो । थकालीहरुले सुरु गरेको सामुहिक वचत संस्कृतिले नवधनाढ्यहरुलाई पनि आकर्सित गर्यो । सामुहिक र सामाजिक ‘हैसियत’ र परिचय भएकाले घोप्पा बन्न थाले । कल्पना अनुसार सवैको ढुकुटी चल्न सकेन । केहीको विग्रियो । सुदखोरका दवाव र गुण्डाका कारण त्यसैमध्यका एकजनाले आत्माहत्या गर्न विवस भए । हौसिएका ती सुदखोर थप जंग्गाका शिकार खेल्न थाल्यो र मिटरब्याजे पनि ।


तिब्र महत्वकाक्षाले मान्छे भँडखारोमा पर्छ । सूदखोर बनेका ती नवधाढय सहरबजार चोकमा घरघडेरी भएकालाई नियाल्थ्यो । त्यस्तैमा एक महत्वकाक्षी घरबन्धकी राखेर रिणलिदैँ उनको पासोमा शिकार बन्न पुग्छन । समय घर्कदैजान्छ । ब्याज तिर्दाछन, सावा तिर्ने हैसियत हुँदैन । ब्यापारको क्यालकुलेटर बिग्रिन्छ । लिएको साँवाको तिनगुणा तिरिसक्दा पनि साँवा घट्दैन् । तव मर्ता क्या नही कर्ता । एकदिन रिस उठयोः अरे साहुलाई छप्क्याइदिने । ठण्डा दिमागले सोच्यो—छप्क्याएर पनि त घर फिर्ता हँुन सक्दैनथ्यो । परिवार सडकमा, आफुजेलमा । रिस खा आपूm, बद्दि खा अर्को’ ।


तव उन्ले सुदखोरलाई पैसा भुुक्तान गर्ने वाहानामा होटेलमा निम्त्याए । साँवाब्याज सहित हिसावकिताव भएछ । तव एकाएक आसामीका आफन्त कोठामा पुग्छन् । एक्कासी सुदखोरमाथी भौतिक दे, दनादन दे हुन्छ । थिलथिलो । गुहार्ने ठाँउ छैन लठैत छैनन ।तव सुदखोर ज्यानको भिखमाग्दै क्वाँक्वाँ रुँदै भन्छः आफुले पैसा नलिने बरु रकम फिर्तागर्ने कबुल गर्छ । तयार पारिएको तमसुकमा सहीछाप गराईन्छ । तव ज्यान बच्यो, सुदखोरको । सुदखोरको ज्यान त बच्यो तर उन्लाई बिदा गर्नुपहिला उस्को अगाडि, पछाडि र छातीमा समेत आची लगाईन्छ । तव सुदखोर बिन्ती गर्छः म ब्याजमात्रै हैन् साँउपनि फिर्ता गर्छु तर यो हविगतमा मलाई बाहिर नपठाउ, बरु अरु थप भुक्तान गर्छु ’। तव आसामीले नयाँ लुगा दिन्छन् । सुदखोर आसामीको नयाँलुगा लगाएर बाहिरिन्छ ।


(नोटः म २ वर्षदेखि नेपालगन्ज वाहिर छु तर सुदखोरले अझै चरित्र भने फेरिएको छैन । नेचर, कल्चर र सिग्नेचर फेर्न औधी कठिन हुन्छ । कोरानोसंग त ऊ आतंकित छ, तर स्वभाव फेरेको भने छैन । को बिरामी पर्ला र रिण काढ्न आउलान भनेर ऊ अझै कुरिरहेको हुन्छ ।)

प्रतिक्रिया

प्रतिक्रिया