हेल्थ इमरजेन्सी घोषणा गर

एक्कासी बाढी आयो, तत्कालै व्यवस्थापन गर्न गाह्रो हुन्छ । हेल्थ इमजेन्सीले प्राइभेट सेक्टरमा पनि सरकारको पहुँच बढी हुन्छ । प्राइभेट अस्पतालका डाक्टरले यो बेला पनि सानो मन गर्नु भएन । अहिले निजी र सरकारीमा भएका स्वास्थ्य जनशक्तिलाई इमरजेन्सी बाहेक कोभिड केन्द्रित गर्नुपर्छ ।

मान्छे भटाभट मरेको अवस्था छ । पहिले एक जना अस्पतालमा मर्दा ठूलो रुवाबासी हुन्थ्यो । अहिले सात, आठ जना मरिरहेका छन् । शोक मनाउन पाउने अवस्था पनि छैन ।

डा.राजन पाण्डे
फिजिसियन, भेरी अस्पताल


यो विश्व महामारीको अवस्था हो । विश्वको शक्ति राष्ट्रले पनि हावा खाएका छन् । बाँकेका हकमा कुरा गर्दा लकडाउनमा ढिलाई भएको हो । नयाँ बर्षको तीन दिन अगाडि मैले पोष्ट हालेको छु । नयाँ बर्षदेखि नै मैले लकडाउन हुनुपर्छ भनेको थिएँ । हेर्नुस्, अहिले हस्पिटल पुरै भरिएको छ । अब गर्ने के त ? दिनमा सय वटा कल आउँछ बेड चाहियो मलाई भनेर । अहिलेको टे«न्ड डरलाग्दो छ ।
अस्पतालका बेड यति भरिइसके की आम मान्छेले बेड पाउन नै मुस्किल छ । अहिले राजनीतिक दल, जनप्रतिनिधि अहिले वडा वडामा आइसोलेसन बनाउन अहिले एकदम तल्लिन हुनुहुन्छ । यो एकदमै राम्रो हो । तर, तालमेल भने त्यहाँ मिलेको छैन । विज्ञको राय लिनुभएको छैन । किनभने पहिले र अहिलेको बिरामीमा आकाश पातालको फरक रहेको छ । हरेक दिन भेरीमा ५ देखि १० जना गुमाएका छौं ।
दीर्घ रोगको लक्षण नभएकाको पनि कोभिडले ज्यान गैरहेको छ । एक दिनमा अस्पताल खोल्न सकिंदैन । त्यो सम्भव पनि छैन । अहिले बिरामीलाई अक्सिजन मात्र आवश्यक छैन । सुगर हाइ लो हुने, अन्य रोग हुनेलाई छुट्टै व्यवस्थापन गरेर हेर्नुपर्ने हुन्छ । अक्सिजन एउटा पाटो मात्र हो । भोलि सबै अस्पताल भरिए भने सडक र टेन्टमा पनि बिरामी राख्नुपर्ला । तर, अहिलेको अप्सन भनेको यहाँका रहेका भेरी, मेडिकल कलेज लगायतका अस्पताल अन्य पछि गरे हुने सर्जरी रोकेर कोभिड केन्द्रित हुनुपर्छ । गम्भीर र तत्काल गर्नुपर्ने बाहेकको अपरेशन अहिले रोकिनु पर्छ । कसैले नाफा अहिले सोच्नुनै हुँदैन ।
मान्छे भटाभट मरेको अवस्था छ । पहिले एक जना अस्पतालमा मर्दा ठूलो रुवाबासी हुन्थ्यो । अहिले सात, आठ जना मरिरहेका छन् । शोक मनाउन पाउने अवस्था पनि छैन ।
समस्या देखाएर मात्रै हुँदैन । समाधान होइन । अहिले भेरी मात्रै साढे २ सय, ३ सय केस भेरीमा भर्ना गरिरहेका छौं । यो हाम्रो पूर्व तयारीको सफलता हो । अहिले नर्सको समस्या एकदम छ । यो कसैको गल्तीले भएको होइन । अहिले एक्कासी बाढी आयो तत्कालै व्यवस्थापन गर्न अलि गाह्रो हुन्छ । काम सबैले गरेका छन् । तर, अहिले काबु भन्दा बाहिरको स्थिति आयो । बिरामी बचाउने हो भने नर्सको संख्या बढाउनु पर्छ । नर्सको संख्या बढाउने हो भने बिरामीको हेरचाह राम्रो हुन्छ ।
सबैले आफ्नै हिसाबले काम गरिरहनु भएको छ । तर, बाध्यात्मक परिस्थिति सिर्जना गर्न अहिले हेल्थ इमरेन्जसी घोषणा गरिदिनु पर्यो सरकारले । हेल्थ इमरेजेन्सीले प्राइभेट सेक्टरमा पनि सरकारको पहुँच बढी हुन्छ । प्राइभेट अस्पतालका डाक्टरले पनि सानो मन गर्नु भएन ।
सबै अस्पतालको वास्तविक क्षमताको तथ्यांक संकलन गर्नुपर्यो । अनि इमरजेन्सी बाहेकका सेवा हालका लागि रोकेर कोभिड बिरामीको उपचारमा केन्द्रित हुनु पर्यो । केही समयपछि गरे हुने अपरेशन पछि गर्दा पनि हुन्छ । जिल्लामा भएको हेल्थ रिसोर्सलाई कोभिड केन्द्रित गर्नुपर्यो । यसमा जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरले पहल गर्नुपर्यो ।
अहिले निजी र सरकारीमा भएका स्वास्थ्य जनशक्तिलाई इमरजेन्सी बाहेक कोभिड केन्द्रित गर्नुपर्छ । बाँकेको कुन बिरामी कहाँ उपचार भैरहेको छ, कहाँ बसेको छ ? त्यसका रियल टाइम डिसिसिएमसीमा अपडेट हुने व्यवस्था हुनु पर्यो । रियल टाइम अपडेट भयो भने आवश्यक बिरामीले बेड पाउन सक्छन् ।
अहिले मानिसले अक्सिजन घरमा स्टक गर्न थालेका छन् । घरमा स्टक गरेर बाँच्ने भए त धनी मान्छे कोही पनि मर्ने थिएनन् । मान्छेले कोभिड उपचारका लागि अक्सिजन मात्र होइन धेरै कुरा छ भन्ने बुझेका छैनन् । अक्सिजन भनेको कोट हो भन्ने बुझ्नुस् । कोट मात्रै लगाएर राम्रो देखिने त होइन । त्यो सँगै दौरा सुरुवाल पनि हुनु पर्यो । नागरिकले त्यो बुझ्नुपर्छ । अहिले धनीमानी तथा जसले अप्ठ्यारो होला भन्ने सोच्छन् उनीहरुले अक्सिजन लगेर घर राखेका छन् । त्यसले अक्सिजन आपूर्तिमा रोकावट हुनसक्छ । मानिसले बुझ्नु पर्छ आफ्नै जहाज भएपनि एयरपोर्ट नै जहाज चढ्न जानुपर्छ । अक्सिजन घरमा स्टक गर्ने समाज तथा नागरिकले पनि त्यो बुझ्नु पर्छ । अक्सिजन कहाँ कहाँ गयो भन्ने रेकर्ड हुनुपर्छ । त्यो प्रोपर्टी सरकारको हो, अहिलेको अवस्थामा । नाफा जसको हो उसले खाओस् ।
तराईमा बर्षा लागेपछि सर्पदंशका बिरामी आउँछन् । जुन समस्या काठमाडौं, पोखराको होइन । तराईका जिल्लाहरुको हो । १०/१२ जना बिरामी भेन्टिलेरमा सर्पदंशका राख्नुपर्ने हुनसक्छ । यही अवस्था रहिरहे उनीहरुलाई बचाउन नसक्ने अवस्था हुन्छ, किनकी भेन्टिलेटर नै खाली छैन । जसलाई करेंत, कोबराले टोकेर स्वासप्रश्वासको समस्या हुन्छ उनीहरुलाई भेन्टिलेटरमा राख्नुपर्छ । त्यस्ता बिरामी आएर राख्ने ठाउँ छैन । त्यसका लागि अहिले नै प्लान गर्नुपर्छ ।
अहिले स्प्रे वाला अक्सिजनको पनि मार्केटिङ गरिरहेको पाइन्छ । त्यसको अहिले कुनै अर्थ छैन । रेम्डिसिभिरको रोलका बारेमा मैले यस अघि पनि सामाजिक सञ्जालमा पोष्ट गरेको छु । पाए लगाए हुन्छ नपाए ब्ल्याकमा २० हजार, ३० हजार रुपिया प्रति भायल किनेर लगाउँछन् । त्यो जरुरी छैन । त्यो भन्दा जरुरी के हो भने अक्सिजन, डेक्सोना भन्ने सुई, नर्सिङ्ग सपोर्ट धेरै महत्व हुन्छ ।
मान्छेलाई के भएको छ भन्ने रेम्डिसिभिर हालेपछि टक्क ठिक हुन्छ भन्ने छ । त्यस्तो हुँदै होइन । अहिलेको समस्या सबै एक्पर्ट बन्दा पनि भएको हो । राय नलिंदाको समस्या हो । हामी पनि केश हेरेर अन्यसँग राय लिन्छौं । जसले विशेष हेरेको छ, विज्ञ छ, उ सँग राय लिनुपर्छ । अहिले पनि रेम्डिसिभिरका लागि राय लिनुपर्छ । आम पब्लिकमा के भयो भने एउटा सिनियर डा.ले भनेपछि गर्नुपर्छ भन्ने छ । तर, सम्बन्धित विरामी हेरेका विज्ञसँग राय लिनुपर्छ । वरिष्ठ डा.ले पनि सोधेपछि राय दिनुहुन्छ तर, यो मेरो विषय होइन फलानोलाई सोध्नुस् भन्ने बानी भएन ।
रेम्डिसिभिर हाल्नै हुन्न भन्ने होइन । पहिला यसले निकै काम गर्छ भन्ने अनुमान थियो, रिसर्च पनि थियो । अनुमान गरे अनुसार भने फाइदा भएन । सुरुसुरुमा लक्षण भएको बेलामा काम गर्छ भन्नेमा अझै पनि मान्यता छ । हामी कहाँ चाहीँ सुरुका दिनमा वाइडल टेष्ट गर्दै टाइफाइ भन्दै औषधी खाने, पछि सिरियस भएपछि अस्पताल आउने गरेका छन् ।
अहिले ज्वरो, रुघाखोकी, शरीर दुख्ने समस्या छ भने समय लगाउने होइन कोभिड चेक गरिहाल्ने हो । यसका लागि सञ्चारमाध्यमले पनि जागरुक बनाउने भूमिका निर्वाह गर्नुपर्छ ।
पहिले यहाँका हुने खानेले यहाँको अस्पताल बनाउनु पर्छ भन्ने भन्दा पनि बिरामी भए अन्यन्त्र जानेमा नै ध्यान दिए । लकडाउनमा त्यो समस्या छ । पहुँच नभए काठमाडौंमा पनि अहिले बेड छैन । कोभिडले के सिकायो भने स्वास्थ्य संस्था भनेको लोकल्ली नै स्ट्रङ हुनुपर्छ । पछिल्ला दिन यहाँ क्वालिफाइ डाक्टर हुँदाहुँदै काठमाडौंबाट डाक्टर झिकाएर यहाँको मेडिकलमा उपचार गर्ने प्रवृत्ति छ । त्यसलाई पनि निरुत्साहित गर्नुपर्छ भन्ने सन्देश कोभिडले दिएको हो । रातदिन सेवा त यहाँका स्थानीय डाक्टरले नै दिने हुन् । आयातितले काम गर्दैनन् र स्थानीय स्वास्थ्य संस्था बलियो बनाउनुपर्छ, यहाँका चिकित्सकमा विश्वास गर्नुपर्छ भन्ने कोभिडले राम्रो सन्देश दिएको छ । (दैनिक नेपालगन्जसँग कुराकानीमा आधारित)

प्रतिक्रिया

प्रतिक्रिया