कोरोना कहरः बाँकेमा २४६ थपिंदा देशभर ७ हजार ४४८


बाँकेमा पछिल्लो २४ घण्टामा सोमवार थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये २२९ जना बाँकेका हुन् । सोमवार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज ल्याबको रिपोर्ट आइसकेको छैन ।
बाँके डिसिसिएमसीका कोरोना फोकल पर्सन तेज ओलीले दिएको जानकारी अनुसार, बागेश्वरी ल्याबमा गरिएको परिक्षणबाट २४३ र जमुनाह नाकामा ३ जनाको संक्रमण पुष्टि भएको हो ।


यसैबीच, मुलुकभर सोमवारको विवरण अनुसार, सात हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या तीन हजार ३६२ पुगेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया