नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका छन् । एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको थियो ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त सांसदको हस्ताक्षर पेस गरेका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।