नेकपा एमालेले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा नै बहुमतको सरकार बनाउने निर्णय गरेको छ । एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा एमालेको माधवकुमार नेपाल समूहका विष्णु पन्थी र रमा घर्ती पनि सहभागी भएका थिए ।
संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउने बाटो खोल्नकै लागि उनले राजीनामा दिएको स्पष्ट पारेका छन् । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको भन्दै उनले अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी गरेका छन् ।
मुख्यमन्त्रीले दिए राजीनामाः के होला अब लुम्बिनी सरकार ?