कोरोनाका विरामीको उपचारमा अहोरात्र खटिइरहेका चिकित्सकहरु संक्रमणका गम्भीर लक्षण आउनसाथ अस्पताल पुग्न सुझाव दिन्छन् । अस्पतालका बेड भरिएर आम मान्छेले बेड पाउन नै मुस्किल भइरहँदा आफै संक्रमणले थलिएका भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेले दैनिक नेपालगन्जसँग भने, अक्सिजनलेमात्रै पुग्दैन चिकित्सकको निगरानी आवश्यक हुन्छ ।
फिजिसियन डा. पाण्डेले विज्ञको राय लिएरमात्रै वडास्तरका आइसोेलेसन बनाउन सुझाव दिए । किनभने पहिले र अहिलेको बिरामीमा आकाश पातालको फरक रहेको छ । हरेक दिन भेरीमा ५ देखि १० जना गुमाएका छौं । दीर्घ रोगको लक्षण नभएकाको पनि कोभिडले ज्यान गैरहेको छ, डा. पाण्डेले भने ।
विज्ञको राय लिएरमात्रै वडास्तरका आइसोेलेसन बनाउन मेरो सुझाव छ । किनभने पहिले र अहिलेको बिरामीमा आकाश पातालको फरक रहेको छ । हरेक दिन भेरीमा ५ देखि १० जना गुमाएका छौं । दीर्घ रोगको लक्षण नभएकाको पनि कोभिडले ज्यान गैरहेको छ ।
डा. राजन पाण्डे
नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा कोरोना उपचारमा तल्लीन, डा. असिम किदवाईले सकेसम्म छिटो चिकित्सकको सम्पर्कमा रहन सुझाव दिएका छन् । प्रशासनका डरले भन्दा आफै लकडाउनमा बस्ने हो, डा. किदवाईले दैनिक नेपालगन्जसँग भने, कुनै लक्षण देखिनासाथ चेकजाँच गराउनेतिर गम्भीर हुन जरुरी छ । अन्तिम अवस्थामा अस्पताल पुग्दा ज्यान बचाउनु कठिन भइरहेको चिकित्सकहरुको भनाइ छ ।
प्रशासनका डरले भन्दा आफै लकडाउनमा बस्ने हो । कुनै लक्षण देखिनासाथ चेकजाँच गराउनेतिर गम्भीर हुन जरुरी छ । अन्तिम अवस्थामा अस्पताल पुग्दा ज्यान बचाउनु कठिन भइरहेको छ ।
डा. असिम किदवाई
भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले मृत्युका घटना बढ्नुमा समयमै अस्पताल नपुग्नुपनि एउटा कारण भएको बताए । अस्पताल भरिभराउ भएपनि स्वस्थ्यकर्मीले सकेसम्मको सेवा प्रवाह गराइरहेको जानकारी दिंदै अस्पताल प्रमुख डा. थापाले दैनिक नेपालगन्जसँग भने, समस्यानै यति जटिल भइरहेको छ की चाहँदाचाहँदै पनि कतिले ज्यान गुमाइरहनु परेको छ ।
मृत्युका घटना बढ्नुमा समयमै अस्पताल नपुग्नुपनि एउटा कारण देखिएको छ । अस्पताल भरिभराउ भएपनि स्वस्थ्यकर्मीले सकेसम्मको सेवा प्रवाह गराइरहेका छौं । समस्यानै यति जटिल भइरहेको छ की चाहँदाचाहँदै पनि कतिले ज्यान गुमाइरहनु परेको छ ।
डा. प्रकाश थापा