निको हुनेको संख्या थपिंदै, संक्रमित घट्दै

बाँकेमा कोरोना संक्रमण भइ निको हुनेको संख्या बढिरहेको छ । कोरोना संक्रमणको हटस्पट बनेको नेपालगन्जमा दैनिक सयौंको संख्या बिरामी थपिंइरहँदा निको हुनेको संख्या पनि बढिरहेको हो ।
शनिवार संक्रमित संख्या १७२ महिला सहित ३६० जना थपिएका छन् । अघिल्लो दिनको तुलनामा यो संख्या निकै कम हो । शुक्रवार २२८ महिला सहित ५०४ जना संक्रमित पुष्टि भएका थिए ।


जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, शनिबार दुई सय पचासले कोरोना परास्त गरी डिस्चार्ज भएका छन् । शनिबार कोरोना जित्नेमा एकसय ११ बर्षीया महिला सहित २ सय ५० जना छन् । १ सय ४४ जना पुरुष र १०६ महिला निको भएर घर फर्किएका हुन् । कोरोना संक्रमण भएमा स्वास्थ्कर्मीको सल्लाह बमोजिम सावधानीपुर्वक खानपिनमा ध्यान दिए सजिलै कोरोना जित्न सकिने चिकित्सकहरुको भनाइ छ ।
आफुलाई भएपछि आइसोलेट हुने र खानपान, उपचारमा ध्यान दिने हो, चिकित्सकहरु भन्छन्, आफु निको हुँदा अरुलाई सार्नबाट पनि जोगिनु पर्छ ।

प्रतिक्रिया

प्रतिक्रिया