बाँकेमा कोरोना कहरः पाँचसय बढी संक्रमित थपिए

बाँकेमा यतिबेला लकडाउन छ । नौ दिनदेखि नेपालगन्जमा र तीन दिन पुग्यो बाँके जिल्ला पुरै लकडाउन गरेको । तर, शुक्रवारमात्रै ५०४ जना संक्रमित थपिएका छन् । समुदायमा संक्रमण फैलिएसंगै मृत्युदर पनि बढ्न थालेको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार, २२८ महिला सहित ५०४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ८९६ जनाको परिक्षण गरिएकोमा ६२८ जनामा संक्रमण पुष्टि भएको थियो, १२४ जना जिल्ला बाहिरका हुन् ।


शुक्रबार बिहान ६ बजे यता मात्र बाँकेमा ५ जनाको मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । नेपालगन्ज–१ का ६० वर्षीया महिलाको बिहान साढे ६ बजे मृत्यु भएको हो भने नेपालगन्ज–१० का ४९ वर्षीय पुरुषको दिउँसो १२ः३० बजे मृत्यु भएको थियो । फोकल पर्सन ओलीले दिएको जानकारी अनुसार, बैजनाथ गाउँपालिका–५ का ५१ वर्षीय पुरुषको होमआइसोलेसनमा मृत्यु भएको थियो ।
त्यसैगरी कोरोना संक्रमणका कारण गुलरिया नगरपालिका–१ बर्दियाका ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । १५ गते मेडिकल कलेज कोहलपुर भर्ना भएका उनको आज दिउसो साढे १ बजे मृत्यु भएको हो भने उनको मृत्यु भएको ५ मिनेटको फरकमा खजुरा–४ का ३६ बर्षिय पुरुषको कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको केन्द्रले जनाएको छ ।
यसैबीच, कोरोना भाइरसको दोस्रो लहर मुलुकभर तीव्र गतिमा फैलिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरमा ५ हजार ७२७ नयाँ संक्रमित थपिएका छन् । १५ हजार ३९१ जनाको पीसीआर टेष्ट गर्दा ५६५७ र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबारे अदालतको आदेशः आवश्यक व्यवस्था मिलाउ

प्रतिक्रिया

प्रतिक्रिया