भेरी अस्पताल नेपालगन्जमा शुक्रबार ९९ जना महिला सहित २ सय २७ जना नयाँ कोरोना संक्रमित थपिएका छन । पछिल्लो रातमात्रै थप तीनजनाको मृत्यु भएको छ ।
बिहिबार भेरी अस्पतालको प्रयोगशालामा २ सय १४ जना थपिएकोमा शुक्रबार १३ जना बढी थपिएका हुन । जसमध्ये १ सय २८ जना पुरुष र ९९ जना महिला रहेको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमा नेपालगन्ज उपमहानगरपालिका आधा बढी छन् । अस्पतालका अनुसार, ३० देखि ३९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएको छ । (हेर्नुस् अस्पतालको विश्लेषण चार्ट )
अस्पतालका अनुसार, गएराती थप ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन ।
बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये विहीवार १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार, बाँकेका ९ जना, कैलालीका २ र बर्दियाका एक जनाको मृत्यु भएको हो ।
कोरोना कहरमा बाँकेः २४४ निको हुँदा दोब्बर थपिए